शैलेश्वरी मन्दिर प्रवेश आन्दोलनका दलितहरु अझै पिडित

दलित अनलाईन २१ भाद्र २०७६, शनिबार १७:०५

डोटी – डोटीको प्रसिद्ध शैलेश्वरी मन्दिर प्रवेश आन्दोलनमा पु¥याएको क्षतिको अझै क्षतिपुर्ति पाउन सकेका छैनन् । शैलेश्वरी मन्दिर प्रवेश आन्दोलनमा स्थानीय गैर दलितहरुको समूहद्धारा पु¥याईएको क्षतिको पिडित दलितहरुले अझै क्षतिपुर्ति पाउन सकेका छैनन् ।
करिब चार सय वर्ष अघिदेखी दलितहरुका लागि प्रवेश निषेध रहदै आएको मन्दिरमा दलितहरुले सहजै प्रवेश पाउनु पर्ने माग राख्दै ०६३ भदौ १ गते आन्दोलन चर्केपछि स्थानीय गैरदलितहरुको समूहले मन्दिर प्रवेशमा रोक लगाउन दलितहरुमाथि सांघातिक आक्रमण गरेका थिए । स्थानीय सम विकास केन्द्र नेपालको अगुवाईमा थालिएको मन्दिर प्रवेश आन्दोलन २३ दिनसम्म चलेको थियो ।
सांघातिक आक्रमणबाट मन्दिर प्रवेशका लागि मन्दिरमा लाईन लागेका पाँच जना बालबालिका सहित दुई सय जना घाईते भएका थिए । स्थानीय गैरदलितहरुले ढुंगा,मूढा,फलामका रडहरु प्रयोग गरेका थिए ।
आक्रमणबाट जोगिन सिलगढीबीच बजारमा रहेको कृष्ण मन्दिरमा भागदौड हुँदा पत्रकार मिलन परियारको डिजिटल क्यामेरा खोसिएको थियो । ज्यान जोगाउन मन्दिर पछाडि लुकेर बसेकाहरुलाई जोगाउन प्रहार गरिएको ढुंगा,मुढा रोक्न खोज्दा दलित अधिकारकर्मी राजु नेपाली र धर्म विकको पेटमा ढुंगा लागेको थियो ।
ढुंगा प्रहारबाट जोगिन मन्दिर पछाडिबाट भाग्न लाग्दा दि.सि.न.पा.५ बसपार्ककी दलित अधिकारकर्मी तमन्ना नेपाली र उहाको डेढ बर्षको छोरा समित बागचन घाईते भएका थिए ।
डडेल्धुरा बागबजारकी निरा जैरु,बैतडीकी सरस्वती नेपाली,कंचनपुर महेन्द्र नगरका मोहन वड,पत्रकार मिलन परियार घाईते भएका थिए । भने धनगढीकी पुनम सिजापती,केआईसिंह गाउँपालिका १ वायलकी मधु विक र दिपायल सिलगढी नगरपालिका ४ पुनेपाटाकी नारु विकमाथि समेत हातपात गरेका थिए ।

आक्रमणपछि बजारमा नाराबाजी गर्दै सम विकास केन्द्र नेपाल,दलित महिला संघ र राष्ट्रिय दलित नेटवर्कको कार्यालयमा लोडफोड गरी क्षति पु¥याएका थिए । स्थानीय संस्था भएकाले सबै भन्दा बढी सम विकास केन्द्र नेपालको कार्यालयमा क्षति पु¥याएका थिए ।
सम विकास केन्द्रको प्रतिक्षालय भवन,एक हजार लिटरको खानेपानी हिलटेक ड्रम,कम्प्यूटर,फोटोकपी मेसिन,मोटर साईकल,टेवुल,कुर्चि,फिल्टर लगायत कागजपत्रहरु जलाएर नष्ट पोका थिए । दलित महिला संघको मोटर साईकल,कुर्चि लगायत फुटालेका थिए । भने नेटवर्कको कार्यालयमा झुण्डाईएको साईन बोर्ड तोडफोड गरेका थिए ।
सम विकास केन्द्र नेपालको रु.आठ लाख ५८ हजार छ सय ३० र दलित महिला संघको रु.एक लाख ६१ हजार ९ सय र नेटवर्कको रु.१५ हजार बराबरको क्षति भएको थियो । यसै बिषयलाई लिएर दलित र गैर दलितबीच बिवाद चर्कदै गएपछि तत्कालिन ८ दलको पहलमा पिडित पक्षलाई क्षतिपुर्ति उपलब्ध गराउने निर्णय भएपछि बिवाद टुंगिएको थियो ।
तत्काल विवाद चर्की रहेका बेला तत्कालिन ८ दलका नेताहरुले यथासक्य चाडो क्षतिपुर्ति सरकारबाट उपलब्ध गराउने भनी प्रतिबद्धता गरेको भएपनि पिडितले अझै क्षतिपुर्ति पाउन सकेका छैनन् । क्षतिपुर्तिका लागी पटक पटक गुहार्दा पनि अहिले सम्म तत्कालिन ८ दलका नेता र स्थानिय प्रशासनले कुनै चासो नदिएको सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank