सुदुरपश्चितमा दलित उम्मेदवार कम

दलित अनलाईन २४ बैशाख २०७९, शनिबार १६:३५

काठमाडौं — सुदुरपश्चितमा प्रदेशमा दलित समुदायको १८.९ प्रतिशत बसोबास रहेको छ । दलित सुमदायको बाहुल्य प्रदेशमा भएर पनि राजनीतिक  दलहरूले पालिकाका मुख्य पदमा पदमा दलित उम्मेदवार न्यून बनाएको गुनासो दलित अगुवाहरूको छ ।

सुदुपश्चिम प्रदेशमा ८८ वटा स्थानीय तहहरु छन् । यद्यपि पाँच पालिकामा मात्रै मुख्य पदमा दलित समुदायबाट उम्मेदवार बनाइएको छ ।

धनगढी उपमहानगरपालिकाको प्रमुख पदममा नेपाली कांग्रेसबाट नृपबहादुर वड मेयरका उम्मेदवार छन् । यस्तै अछाम जिल्लाको चौरपाटी गाउँपालिकाको अध्यक्षमा एमालेबाट राम आउजी उम्मेदवार छन् ।

धनगढीका उपमहानगरपालिकाको प्रमुख पदमा दोस्रो कार्याकालका लागि वड उम्मेदवार छन् भने माओवादी केन्द्रका तर्फबाट अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको प्रमुख पदमा रामबहादुर विक उम्मेदबार छन् । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकै तर्फबाट शेरसिंह पार्की उम्मेदवार छन् । नेकपा एकीकृत समाजवादीबाट डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको प्रमुख पदमा लालबहादुर दमाई उम्मेदवार छन् ।

यस्तै प्रदेशका पाँच जनाले उपप्रमुख र उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेकपा एमालेका तर्फबाट बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा शारदाकुमारी विक र बाजुरा जिल्लाको हिमालीमा राजकला सार्की उम्मेदवार छन् । यस्तै माओवादी केन्द्रबाट कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा निरुदेवी कामी र डडेल्धुराको अजयमेरुमा कलावती भाडलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

नेकपा एकीकृत समाजवादीले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मञ्जुकुमारी ने पालीलाई उपप्रमुख पदमा उम्मेदवार बनाएको छ । स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा दलित समुदायबाट अपेक्षित उम्मेदवार नहुनु दुखत भएको माओवादी केन्द्रका नेता हरिराम श्रीपाइलीले बताए ।

संविधानले कल्पना गरे अनुसार जनसंख्याको आधारमा उम्मेदवार बनाउन दलहरुलाई दबाब दिए पनि दलहरुकै व्यवस्ताका कारण उम्मेदवार बन्न नसकेको श्रीपाइलीले दावी गरे ।

सुदूरपश्चिम प्रदेशका ८८ वटा तहमा ७२७ वडा रहेका छन् । त्यसमा ११७ जना दलित उम्मेदवार वडाध्यक्षका रूपमा छन् ।

वडाअध्यक्षमा समेत राजनीतिक दलहरूले न्यून जंनसख्यामा दलित उम्मेवार बनाएका छन । सुदुरपश्चितमा प्रदेशमा ८८ वटा तहमा ७२७ वडा रहेका छन् । त्यसमा माओवादी केन्द्रल ४९, नेकपा एमालेले ३८, नेकपा एकीकृत समाजवादीले १६ , नेपाली कांग्रेसले १४ गरी ११७ जना दलित उम्मेदवार वडाध्यक्षका रूपमा छन् । दलित अधिकारकर्मी हुकुम सार्कीले दलितको जनसङ्ख्या अनुसर उम्मेदवारी नभएकामा दुःख व्यक्त गरे । उम्मेदवार बनेका पनि सबैले नजित्ने भएकाले दलित समुदायको उचित प्रतिनिधित्व कसरी होला ? भन्ने प्रश्न सार्कीले गरे ।

सुदुरपश्चितमा सबै भन्दा बढी १२६ वडा भएको कैलालीमा मुख्य चार दलबाट दलित समुदायका ३८ जनाले वडाध्यक्षको उम्मेदवारी दिएका छन् । जसमध्ये नेकपा एमालेबाट १४ , माओवादी केन्द्रबाट ११,एकीकृत समाजवादीबाट ८ र नेपाली कांग्रेस ५ जना वडाध्यक्षका उम्मेदवार रहेका छन् ।

९२ वडा रहेको कञ्चनपुरमा भने एमाले , काँग्रेस र एकीकृत समाजवादीले वडाध्यक्षमा दलित उम्मेदवार नै उठाएका छैनन् । कञ्चनपुरमा माओवादीले भने आठ जनालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।

यस्तै दार्चुला जिल्लाका ६१ वडाबाट मुख्य चार दलले नै दलित समुदायबाट वडा अध्यक्षको उम्मेदवार नै बनाएका छैनन् । ६१ वडा रहेको बाजुराबाट १२ जनालाई वडाध्यक्षको उम्मेदवार बनाइएको छ । जसमध्ये एमालले छ जनालाई काँग्रेस र माओवादीले तीन/तीन जनालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । ८७ वडा रहेको बझाङमा पनि १३ जनालाई मात्र वडाध्यक्षको उम्मेदवार बनाइएको छ । तीमध्ये माओवादीबाट सात, एमालेबाट पाँच र कांग्रेसबाट एक जनालाई उम्मेदवार बनाइएको छ । सुदुरपश्चिमा साना दलले मुख्य पदसहित वडाध्यक्षमा उल्लेख्य उम्मेदवार बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank