फिल्म जयभिम : भारतमा बिक्न छोडेको मार्क्सलाई अम्बेडकर सहारामा पुर्नजीवित गरिदैंछ

चन्देश्वर दास १ मंसिर २०७८, बुधबार २१:५०

दक्षिण भारतीय फिल्म उद्योगले भर्खरै वहुचर्चित फिल्म जयभिम रिलिज गर्यो । उक्त फिल्मले दर्शकहरुको मन जित्न सफल रह्यो तथा यो फिल्मको व्यापारले बलिउड मात्र होइन, हलिउडको चर्चित फिल्महरुलाई पनि मात दिएको छ । जयभिम फिल्म 1990  को दर्शकमा भारतीय दक्षिणी राज्य तमिलनाडुमा भएको आदिवासी उत्पीडनको सत्य घटनामा आधारित छ । फिल्मको पहिलो दृश्यमै जेलबाट कैदमुक्त भएको कैदीहरुलाई जेलका प्रहरी अधिकारीहरुले जात सोधेरै कथित उच्च जातलाई घर जाने आदेश दिन्छ तथा दलित र आदिवासी समुदायलाई जातकै आधारमा पुनः झुठो मुद्दा चलाएर जेलमा लैजान्छ ।

एक जना सर्प मुसा समाउने आदिवासी राजाकनुलाई स्थानीय जमिन्दारले आफ्नो घरमा रहेको विषालु सर्प समाउन बालाउँछ । त्यही बीचमा उनको घरमा रहेको गहना चोरी हुन्छ । त्यो दोष राजाकनुलाई लगाईन्छ । प्रहरीले सो गर्दै नगरेको अपराध कबुल गराउन चरम यातना दिन्छ । त्यसकारण राजाकनुको प्रहरी हिरासतमै हत्या हुन्छ । राजाकनुको गर्भवती पत्नीले न्याय पाउनको लागि एकजना कम्युनिस्ट वकिलको मद्दतले न्याय पाउँछ ।

फिल्ममा कयौं पटक कम्युनिस्ट झण्डा बोकेकोआन्दालनकारीहरुले पीडितको पक्षमा आन्दोलन गरेको देखिन्छ । “कामरेड “ “लाल सलाम ’ जस्ता शब्दहरु पटक पटक सुनिन्छ, मुख्य पात्र वकिल चन्द्रुको अफिसमा अम्बेडकर, कार्लमार्क्स, र दक्षिण भारतको प्रसिद्ध नास्तिक“ पेरियार “को तस्बीर झुन्डेको देखिन्छ तर अम्बेडकर र पेरियार भन्दा बढी कार्लमार्क्सलाई फोकस गरेको देखाईन्छ । मुख्य पात्र चन्द्रुले एकपटक एउटा संवाद बोल्छन “यहांँ गान्धी नेहरुको चर्चा हुन्छ तर अम्बेडकरलाई किन गौण गरिन्छ“ यस बाहेक अम्बेडकरको अथवा अम्बेडकरवादको चर्चा हुँदैंन ।
समग्रमा भारतमा बिक्न छाड़िसकेको कार्लमार्क्सलाई अम्बेडकरको नाममा बेच्न खोजेको देखिन्छ । कम्युनिस्ट आन्दोलनलाई बचाउन तथा दलित आदिवासीलाई कम्युनिस्ट आन्दोलनको निकट ल्याउने प्रयास हो फिल्म“ जय भिम “।

फिल्म सत्य घटनामा आधारित रहेकोले दर्शकको ध्यान तान्न सफल भएको छ । फिल्मको नामले पनि यस फिल्मलाई अम्बेडकरवादीहरुले मन पराएका छन् । यद्यपि मुम्बाई फिल्म उद्योगले यतिको फिल्म पनि निर्माण गर्न नसकेको बीचमा यस्तो फिल्म आउनुलाई सुखदै मान्न सकिन्छ । मुम्बई फिल्म उद्योगलाई मनुवादी ब्राम्हणवादीको आरोप लगाउने अम्बेडकरवादीहरुको लागि दक्षिणले कयौं उत्कृष्ट फिल्म दिएको छ, दक्षिणको सुपर स्टार रजनीकांत द्वारा अभिनीत “काला, कबाली“। यस्तै असुरण, कर्णन, सरपट्टा नामक फिल्महरु निर्माण भएको छ जसमा दलितलाइ नै मुख्य भूमिकामा देखिको छ । आफ्नो समस्या सामाधान गर्न दलित आफै सक्षम छ भन्ने देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank