गृहमन्त्री रामवहादुर थापासँग सांसद प्रकश रसाईली स्नेहीले पोखरा विभेदको जवाफ माग

दलित डेक्स ३१ बैशाख २०७७, बुधबार २२:३६

काठमाडाैं- गृहमन्त्री रामवहादुर थापासँग प्रतिनिधिसभा सांसद प्रकश रसाईली स्नेहीले पोखरा महानगरपालिका १६ वाटुलेचौरमा भेदभाव गर्ने अभियुक्तसँगै त्यसको पक्षमा वकालत गर्ने प्रदेश सांसद कृष्ण थापालाई के कस्तो कार्वाही भइरहेको छ ? भन्दै जवाफ माग गरेका छन ।

पोखरा महानगरपालिका १६ वाटुलेचौरका मोहन सुनारले आफुमाथि जातिय विभेद गर्दै किरियापुत्री भवनको प्रयोग गर्नवाट बन्चित गरेको जनाउँदै चण्डिकाटोलका रामवहादुर जिसी र जनक थापाका विरुद्ध जातिय विभेद तथा छुवाछुत विरुद्धको जाहेरी दिएका थिए । सांसदहरुले पक्राउ परेका जिसी र थापासँगै जातिय विभेदलाई पक्षपोषण हुने गरी वकालत गर्ने गण्डकी प्रदेश सांसद कृष्णवहादुर थापालाई पनि कार्वाहीको दायरामा ल्याउन माग गरेका हुन ।

प्रतिनिधिसभा सांसद प्रकश रसाईली स्नेहीले पाेखरा घटना राजनीतिक दलको जिल्ला अध्यक्षा  र प्रदेश सांसद कृष्ण थापा संविधानको अपमान हुने गरी जातीयताको रंगलाई  बढुवा दिनेगरी सिंगाे समिदायलाई अपमान हुने गरी विज्ञप्ती जारी भएको र छुवाछूतका अपराधीहरुलाई संरक्षाण गर्नलाई  कारबाही के हुन्छ भन्दै ,गृहमन्त्री रामवहादुर थापासँग जवाफ माग गरे।

सार्वजनिक जग्गामा वनेको किरियापुत्री भवनको प्रयोग गर्न दलितलाई रोक लगाईएको विषयमा सांसद दुर्गाकुमारी विकले पनि पोखरा वाटुलेचौरको विभेदको घटना वारे छानवीन गर्न संसदवाट अनुगमन र छानवीन टोली वनाएर दोषिमाथि कडा भन्दा कडा कार्वाही गर्नुपर्ने माग गरिन् । सांसदहरुले जातिय विभेदको घटनामा सम्वन्धमा के कस्ता कार्वाही भईरहेका छन ? सो वारे संसदमा जवाफ दिन गृहमन्त्रीसँग माग गरेका थिए ।

याे सँगै बुधाबार पोखरा वाटुलेचौरमा   भएकाे जातिय विभेदको अभियोगमा पक्राउ परेका तीन जनालाई बुधबार जिल्ला अदालत कास्कीले जनही १ लाख ७० हजार रुपयाँ धरौटी राखेर  रिहा गर्न आदेश दिएको छ ।जिल्ला अदालत कास्कीका न्यायाधीश दण्डपाणी  शर्माले  अभियुक्त राम जिसी, जनक थापा र देववहादुर थापालाई धरौटी रकम राखेर तारेखमा  रिहा गर्न आदेश दिएका हुन । जिल्ला अदालत कास्कीका तहसिलदार हरिश्चन्द्र गौत्तमले अभियुक्तहरुले धरौटी वुझाएर बुधवार नै तारेखमा छाडिएको जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank