के भीमबहादुर विश्वकर्माले न्याय पाउँलान् ?

पदम विश्वकर्मा ९ कार्तिक २०७८, मंगलवार ०९:२५

फेरि उही प्रवृत्तिको हत्या प्रकरण दोरियो मन्दिर प्रवेशको निहुँमा निसर्त हत्या भयो । हत्या मन्दिर प्रवेशको निहुँमा भयो । तर समाजले यसलाई सर्ष स्वीकार गर्ने पक्षमा फिटिक्कै छैन । फेरी प्रश्न उब्जिएको छ , के भीमबहादुर विश्वकर्माले न्याय पाउँलान् ? जात व्यवस्थाकै कारण हत्या भएको प्रस्ट देखिने घटनाको प्रकृति यो दुर्गा मन्दिर प्रवेश हत्या प्रकरण हिन्दु अतिवादीकै कारण भएको हो भन्न कुनै शंका मान्नुपदैनन् । त्यही हिन्दु धर्म अतिवादीका मसियाहरुले चितवनमा भीम विश्वकर्माको हत्या मात्रै गरेका छन् आफुहरुलाई हिन्दु अतिवादीका हिमायती हुँ भन्नेहरु समाज रुपमान्तरणका बाधक तत्व र विभेद जन्य समाजका कुरुप तत्व हुन् ।
हुनत यो कुनै नौलो घटना हैन किनकि यो समाजले सोचिरहेको छ कि दलितसँग अन्याय सहन सक्ने क्षमता छ । आवाजविहिन, न्यायविहिन छ्न । के अझै पनि ती लाखौं दलितहरु आवजविहिन, न्यायविहिन भएर बस्छ्न होला ?
भरतपुर महानगरपालिकाको वडा न. ४ मा स्थित दुर्गा मन्दिरमा विगतदेखी दलितलाई प्रवेश गर्न नदिने गैरदलितविरुद्ध आवज उठाउँदा भीमबहादुर विश्वाकर्माले मृत्युको बाटो रोज्नु पर्यो जुन लाखौ दलितहरूका लागि अत्यन्तै दुःखद कुरा हो । भीमबहादुरले समाजमा लुटिएको आफ्नो अस्तित्व खोज्दा परिणाम स्वरुप मृत्यु पाउनु पाए । के अब सरकारले सदियैदेखि मानव अस्तित्व खोसिएको यो समाजबाट फिर्ता गर्न सक्छ लाखौं दलितहरुलाई ? जातीय विभेदका कारण ज्यान गुमाएका नवराज विक, अजित मिजार, अंगिरा पासी र भीमबहादुर विकको मृत आत्मालाई न्याय दिन सक्छ यो सरकारले ? यो घटनाले आम दलितहरुलाई के बुझाउछ भने अझै पनि यो समाजले दलितहरूललाई मानव अस्तित्व दिन खोजिरहेको छैन । के अझै पनि उत्पीडित वर्गले आफूमाथी भएको दमन र विभेदकोविरुद्धमा आवाज उठाउन नहुने ? यदि आवज उठाएमा त्यसको परिणाम मृत्यु हो ?

जबसम्म गैरदलित शिक्षित वर्गले आफ्नो मानसिक चेतना परिवर्तन गर्न सक्दैनन् तबसम्म दलित आन्दोलनले पूर्णता पाउन सक्दैन । अबको दलित आन्दोलन अति नै सहिष्णुता, देशभक्ति र न्याय पुर्णको बाटोहुँदै अघि लैजानुपर्ने तत्कालीन समाजले खोजेको आवश्यकता हो । यसमा दलित समुदायभन्दा पनि गैरदलितहरुको साथ र सहभागिता हुनु बढी दायित्वबोध र जरुरी छ ।

अझ दुःखद कुरा यो छ कि नयाँ पुस्ताका शिक्षित युवा वर्गले-भरतपुर,सीताराम बस्नेत र दिलिप श्रेष्ठ) पनि पुराना पिँढीलाई जातीय विभेद कायम राख्न सहयोग गरिरहेका छ्न । यदि यी कुराहरू कायम रहने हो भने यसले समाजमा फेरि एउटा विद्रोहको मार्ग तयार गर्नेछ,राष्ट्रव्यापी आन्दोलन-सङ्घर्षको रुप लिने छ । यदि अझै पनि परिवर्तन नहुने हो भने भीम जस्ता कैयौंले परिवर्तनको लागि ज्यान दिनपछि पर्ने छैनन् ।
अझ दुःखद कुरा यो छ कि सरकारमा रहेर संविधान र कानुनको पालन गरि सम्पुर्ण जनतालाई समान देख्नु पर्ने वडा अध्यक्षले यो घटनालाई जातीय विभेदतिर नलौजाऔ भनु लाखौं दलितहरुलाई फेरि पनि न्यायबाट वञ्चित गर्न खोज्नु हो । तर अब यी कुराहरु करिब साठी लाख दलितहरुका लागि असहय हुनेछ । यो घटनाले के प्रश्न खडा गर्छ भने अपमानको आगोलमा पिल्सिरहेको पिडाबाट मुक्तिको सपना कहिले देख्छन दलितहरुले,उत्पीडित वर्गले ?
अबको समाजमा सामाजिक अन्तरघुलन र सरकर न्यान प्रेमी हुन जरुरी छ । निरंकुश जातीय व्यवस्था जस्तो सामाजिक कुप्रथा लाई समाजबाट निर्मुल बनाउनका लागी दलित र गैरदलित एकसाथ भएर लाग्नु पर्छ । यदि यसो हुन नसकेको खण्डमा जातीय व्यवस्थाले हिजोको भन्दा नि भोलि अझ खतरनाक रुप लिने देखिन्छ, जुन दिनानुदिन समाजमा घटिरहेको छ । हिजो भन्दा भोलि यो समाजलाई सहि मार्गमा लैजानु आजका दलित गैरदलित शिक्षित वर्ग र बुद्धिजीवी वर्गको जिम्मेवारी र कर्तव्य हो । जबसम्म गैरदलित शिक्षित वर्गले आफ्नो मानसिक चेतना परिवर्तन गर्न सक्दैनन् तबसम्म दलित आन्दोलनले पूर्णता पाउन सक्दैन । अबको दलित आन्दोलन अति नै सहिष्णुता, देशभक्ति र न्याय पुर्णको बाटोहुँदै अघि लैजानुपर्ने तत्कालीन समाजले खोजेको आवश्यकता हो । यसमा दलित समुदायभन्दा पनि गैरदलितहरुको साथ र सहभागिता हुनु बढी दायित्वबोध र जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank