बैशाख २५ गते स्थायी कमिटीकाे बैठक

दलित अनलाईन २० बैशाख २०७७, शनिबार २०:५१

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बैशाख २५ गते स्थायी कमिटीकाे  बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २४ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेद्वार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमिकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए । यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने पनि निर्णय गरेको छ ।

त्यसअघि वैशाख २५ गते स्थायी कमिटी बैठकको लागि आवश्यक तयारीका लागि सचिवालय बैठक बोलाइएको पनि बताए । सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ ।

यसअघि नेकपाभित्र विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक बोलाउन पार्टीमा दवाव बढेको थियो । पार्टीका २० स्थायी समिति सदस्यले त्यसका लागि अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पत्र समेत बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank