‘कामी’ शब्द खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

दलित अनलाईन २३ फाल्गुन २०७७, आईतवार २१:४७

काठमाडौं— दलित समुदायभित्रको विश्वकर्मा थरिहरुले लेख्दै आएको ‘कामी’ शब्द खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विश्वकर्मा एकता समाज प्रदेश १ मा केन्द्रीय समितिका अध्यक्ष मोरङको पथरीशनिश्चरे निवासी गोपाल लकान्द्रीले १९ फागुनमा ‘कामी’ शब्द खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन ।
जातीय विभेदको अनुभूति गराउने घृणित शब्द भएपनि सरकारका विभिन्न तथ्य तथ्याङ्कर ,महत्वपूर्ण दस्तावेजहरुमा अझै ‘कामी’शब्द प्रयोग भईरहेको पाईएकोले खारेज गर्न माग गर्दै रिट दर्ता गराएको अध्यक्ष लकान्द्रीले बताए ।
उनका अनुसार जातीय अपमान बोध गराउने ‘कामी’ शब्दले विश्वकर्मा थरिहरुलाई घृणित बनाएकोले कामी शब्द खारेज हुनुपर्ने रिटमा माग दाबी छ । ‘कामी’ शब्द खारेज भए विश्वकर्माभित्रका विभिन्न उपथरहरुले सम्मान पाउने जिकिर रिटमा छन ।
रिटमा उल्लेख भए अनुसार संविधान र कानुनले जातीय विभेद र छुवाछुतलाई दण्डनीय बनाइसकेपनि अझै पनि समाजमा कथित उच्च जाति भनाउनेहरुले ‘कामी’ शब्द उच्चरण गरेर ओठले प्रयाउने, यो त‘कामी’ हो भनि औला ठड्याउने ,कामीबाटै उखान टुक्का बनाएर प्रयोगमा ल्याई समाजिक अन्तर्घुलनमा बाधा पुरयाउने, दलित समुदायका जेष्ठ नागरिकहरुलाई जेठो ,कामी ,साईलो कामी, ठूली, सानी कमिनी भनेर होच्याउने चलन कायमै छ । जसले गर्दा विश्वकर्मा थरीहरुको आत्मसम्मानमा ठेस पुरयाउने मात्र नभएर जातीय विभेद र छुवाछुतको भवनालाई पनि मलजल गरिरहेको दावी विश्वकर्मा समाजको छ ।
साथै अझै पनि वंशजको कारणले गर्दा नागरिकतामा ‘कामी’ शब्द लेख्न बाध्य भइरहनुपरेको,‘कामी’ भन्ने वित्तिकै सानो जाति भनेर कोठा भाडामा दिन, घरभित्र पस्न र समाजिक साँस्कृतिक कार्जेहरुमा सहभागी हुन ईन्कार गर्ने गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank