राम र रामायणको सत्य

राजकिशोर रजक १५ आश्विन २०७७, बिहीबार २१:४९

हिजो आज राम र राम मन्दिर चर्चामा छ । ५ अगष्ट २०२० मा धर्मनिरपेक्ष भारतको प्रधानमन्त्री मोदीले राम जन्मभुमि अयोध्यामा भूमि पुजा गरी मन्दिर निर्माण कार्यको शुरुवात गरे । कार्यक्रममा संघपरिवार प्रमुख मोहन भागवतको उपस्थितिलाई महत्वपूर्ण तथा संदेहयूक्त रुपमा मिडियामा चर्चा भएको छ । चर्चाको अर्को पाटो प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले भानुजयन्तिको अवसरमा रामको जन्म नेपालमा भएको विवादित बयान पनि हो । प्रम ओलीले भारतले नक्कली अयोध्या खडा गरी नेपालमाथि साँस्कृतिक अतिक्रमण गरेको समेत भन्न भ्याए । यति के भनेको भारतको मुलधार मिडियामा भूँइचालो नै गयो । भारतको वर्तमान संस्थापकले प्रम ओलीको भनाईलाई कडा प्रतिवाद गरे । आस्था माथि प्रहारको रुपमा अर्थाए ।
आस्था भनेको आँखा बन्द गरेर विश्वास गर्नु हो । धर्मग्रन्थमाथि संदेह गर्नु पाप हो । आस्था जति धेरै संदेहरहीत हुन्छ, त्यति नै पवित्र मानिन्छ । तर, ज्ञान खोजीको शुरुवात संदेहवाट हुन्छ । महामानव गौतम बुद्ध भन्छन्, ‘कुनै पनि कुरालाई केवल त्यो कारणले मात्र मान्नु हुँदैन कि त्यो कुनै पवित्र ग्रन्थमा लेखिएको छ । कुनै महान व्यक्तिले भनेका छन् । अथवा त्यो कुरालाई पहिला देखि नै आम–मान्छेले मान्दै आएका छन् । कुनै कुरालाई त्यतिवेला सत्य मान्न सकिन्छ जतिवेला त्यो कुरा तर्क र तथ्यमा आधारित हुन्छ । मानव कल्याणको लागि हुन्छ ।’
तर्क र तथ्यको आधारमा रामायणलाई अध्ययन गर्दा कुनै प्रमाण भेटिदैन् । रामायण महाकाव्य हो । आस्तिकहरु यसलाई इतिहास मान्छन् । तर, इतिहासको लागि घटना र पात्रलाई समयसँग सुसंगत हुनु अनिवार्य हुन्छ । राम र रामायणलाई इतिहासको दृष्टिकोणवाट हेर्दा दार्शनिक क्लार्कको विचार मनन योग्य छ । क्लार्कको अनुसार “भयंकर भूmठ वह नहीं जिसे बोला जाता है, बल्कि वह है कि जिस पर जिया जाता है ।” राम र रामायणको भूmठ बोलिमा मात्र सिमित छैन् जीवनको अंग भैसकेको छ । लोक–जीवनलाई सबभन्दा बढि प्रभावित गरेको कुनै शास्त्र छ भने त्यो रामायण छ ।
अर्का विद्धान एच.डुमोण्ड भन्छन्, “जसले तर्क गर्दैन त्यो धर्माध हो । जसले तर्क गर्न सक्दैन त्यो मूर्ख हो । जसले तर्क गर्ने साहस गर्न सक्दैन त्यो गुलाम हो ।” मूल ग्रन्थ रामायण पढेपछि रामायणको राम भयंकर भूmठ छ । रामको जन्म न भारतमा भएको छ न नेपालमा । राम जन्मको कुनै पुरातात्विक साक्ष्य प्रमाण छैन् । कुनै ऐतिहासिक समयक्रम भेटिदैन् । एच. डुमोण्डको विचारको लायक मान्छे मात्र राम र रामायणलाई मानिरहेका छन् ।

अयोध्या बुद्धभूमि साकेत थियो

बौद्धमार्गी निवेदनकर्ता राममन्दिरको स्थानको बारेमा भारतको सर्वोच्च अदालतमा मुदा दर्ता गराएका थिए । निवेदनकर्ताको दावी इतिहासको तथ्यमा आधारित थियो । उनीहरुको दावी थियो कि अयोध्या प्राचिन साकेत हो जुन कोसल महाजनपदको मूख्य शहर थियो । बुद्धको प्रिय स्थल थियो । त्यहाँको तत्कालिन राजा प्रसेनजित बुद्धमार्गि थिए । लामो समयसम्म साकेत प्रसिद्ध बौद्ध स्थल थियो । इसाको पहिलो शताब्दिमा साकेतको बौद्ध–कवि अश्वघोष थियो जसको सु–प्रसिद्ध कृति ‘बुद्ध चरित’ छ । उक्त कृतिमा राम मन्दिरको कुनै चर्चा सम्म छैन् ।
अर्को प्रसंग उल्लेख गरौँ । चीनको यात्री फाहियान (ई.३९९–४१२) ले भारतको यात्रा गरेको थियो । उसको यात्रा–वृतान्तमा विस्तृत रुपमा साकेतको चर्चा छ । साकेत ठूलो बौद्ध केन्द्र थियो जहाँ एक सय बौद्ध स्तूप थियो । राजनीतिक दृष्टिकोणवाट उक्त समय चन्द्रगुप्त मौर्य काल थियो । यसवाट के प्रमाणित हुन्छ भने साकेत ईसाको पाँचौ शताब्दिभन्दा पहिला सम्म अयोध्या बनेको थिएन । राममन्दिरको नामोनिसान थिएन । भएको भए फाहियान यसको चर्चा गर्थे । तोडिएको बाबरी मस्जिद सफाई कार्यको दौरानमा बुद्धको मुर्ति भेटिएको थियो । त्यसैको आधारमा बौद्धमार्गीहरु अदालतमा राममन्दिर निर्माण कार्य बन्द गर्न निवेदन दिएका थिए ।

ऐतिहासिक तथ्यलाई प्रस्तुत गर्दा अदालतको मानहानी भएको ठहर गरि बौद्धमार्गी निवेदकलाई लाखौ रुपिया जरिवाना गरियो । के संसारको सबभन्दा ठूलो लोकतान्त्रिक देशमा सर्वोच्च अदालतको निर्णयमाथि टिप्पणी गर्नु अपराध हो ? के आर.एस.एस.को प्रस्तावित हिन्दु–राष्ट्रको यात्रा राम मन्दिर निर्माणवाट शुरु भएको मान्न सकिन्छ ? के भारत लोकतन्त्रिक शासन ब्यवस्थावाट पछि फर्किदैछ ? के मोहन भागवतले भनेको न्यू इण्डिया मनुस्मृतिमा आधारित द्धिजपुरुष हिन्दु राष्ट्र हो ? यी तमाम प्रश्नहरु राम र राम मन्दिरसँग जोडिएका छन् ।

मण्डलको प्रतिकृयामा कमण्डल

बाल्मिकी रामायण कुनै एउटा व्यक्तिवाट लेखिएको होईन । यसको लेखनमा एउटा गिरोह नै लागेको देखिन्छ । लेखनकार्य साबधानीपूर्वक गरिएको छ । बाल्मिकी रामको समकालिन थिएन् । राष्ट्रीय स्वयं सेवक संघले ‘रामसेतु रक्षतु’ नामको एउटा पुस्तक प्रकासित गरेका थिए । उक्त पुस्तकको ‘श्रीराम सेतु’ शिर्षक अन्तरगत १ अप्रिल, २००७ मा सम्पादकिय लेखमा श्रीराम सेतुलाई ३५ हजार बर्ष पुरानो भएको उल्लेख गरिएको थियो । पुस्तकमा रामसेतुसँग सम्बन्धित सम्पूर्ण जानकारी दिएको छ । एक चोटी भारतको यू.पी.ए. सरकारले भारत र श्रीलंकाको विचमा रहेको टीलेलाई तोडेर समुन्द्र मार्ग बनाउन चाहन्थे जसको कारण दुई देश विचको दुरी कम हुन्थ्यो । तर, उक्त प्रकरणमा भाजपा-आर.एस.एस.ले कडा बिरोध गरे । उनीहरुको दावी अनुसार ‘टीला’ होइन ‘रामसेतु’ हुन् जुन लंका यूद्धको समयमा रामले निर्माण गरेका थिए ।
‘रामसेतु’ प्रति निष्ठा राख्नेहरु गृहयूद्धको माहोल बनाएका थिए । आर.एस.एस. प्रमुखले ‘रामसेतु’ बचाउनको लागि राष्ट्रब्यापि आन्दोलनको घोषणा गर्यो । हिन्दु धर्म अचार्य सभाको अध्यक्ष स्वामी दयानन्द सरस्वतीले सेतु परियोजना बन्द गर्न आग्रह गरे । अशोक सिंघलले हिन्दु माथिको आक्रमणलाई प्रतिरोध गर्न अह्वान गरे । मुरली मनोहर जोशीले, ‘साबधान ! रामसेतु तोड्नु अधर्म हुन्छ र सुरक्षाको दृष्टिकोणवाट खतरनाक पनि छ ।’ राजनाथ सिंहको भनाई रामसेतु तोडेर हिन्दु भावनालाई कुल्चिन चाहन्छ संप्रग सरकार । तमिलनाडुको मुख्यमन्त्री करुणानिधिको वयानमाथि प्रतिकृया दिदै अयोध्याको एउटा संतले मुख्यमन्त्रीको टाउको काटेर जसले ल्याउँछ उसलाई अयोध्याको संत सुनसँग तौलिने छ । मुख्यमन्त्रीले यति मात्र भनेको थियो कि ‘राम कुन कलेजवाट इंजिनियरिंगको पढाई गरेको थियो जसले रामसेतुको निर्माण गरेका थिए ।’
मण्डल आन्दोलनको प्रतिकृयामा सवर्णले रामसेतुको आडमा कमण्डल आन्दोलन गरेका थिए । पिछडावर्ग कमण्डलमा डुबेर आफ्नो सत्यानाश आजसम्म गर्दैछन् । राम जन्मभूमिको आन्दोलनको शुरुवात मण्डल आन्दोलनलाई तहस–नहस गर्ने खडयन्त्र थियो । रामसेतु प्रकरण पनि त्यही समयमा उठेका थिए ।

ऐतिहासिक तथ्यलाई प्रस्तुत गर्दा अदालतको मानहानी भएको ठहर गरि बौद्धमार्गी निवेदकलाई लाखौ रुपिया जरिवाना गरियो । के संसारको सबभन्दा ठूलो लोकतान्त्रिक देशमा सर्वोच्च अदालतको निर्णयमाथि टिप्पणी गर्नु अपराध हो ? के आर.एस.एस.को प्रस्तावित हिन्दु–राष्ट्रको यात्रा राम मन्दिर निर्माणवाट शुरु भएको मान्न सकिन्छ ? के भारत लोकतन्त्रिक शासन ब्यवस्थावाट पछि फर्किदैछ ? के मोहन भागवतले भनेको न्यू इण्डिया मनुस्मृतिमा आधारित द्धिजपुरुष हिन्दु राष्ट्र हो ? यी तमाम प्रश्नहरु राम र राम मन्दिरसँग जोडिएका छन् ।

 

रामको जन्म र जाबाली नास्तिक संवाद

बाल्मिकी रामायणमा अयोध्या काण्डको सर्ग १०९ को श्लोक नं.३४ मा जाबाली नास्तिकको संवाद छ । राम जाबाली ऋषिको मतलाई खण्डन गर्दै भन्छ, ‘जसरी चोर दण्डनीय हुन्छ, त्यसरी नै वेद विरोधी बुद्ध (बौद्ध मतावलम्बी) पनि दण्डनीय हुन्छ । तथागत (नास्तिक बिशेष) र नास्तिक (चार्वाक) लाई पनि यहि श्रेणिमा सम्झिनुपर्छ । प्रजामाथि अनुग्रह गर्नको लागि राजाले वेद बिरोधी नास्तिकलाई चोरको समान दण्डित गर्नु पर्छ । तर, जो वसभन्दा बाहिर छन् ती नास्तिकसँग विद्वान ब्राहमण कुनै प्रकारको वार्तालाप गर्नु हुँदैन् ।
आजभन्दा करिब २६ सय बर्ष पहिला बुद्धको जन्म भएको थियो । तर, ३५ हजार बर्ष पहिला महर्षि बाल्मिकीद्धारा लिखित रामायणमा रामको मुखवाट तथागत बुद्ध र चार्वाकलाई चोर जस्तै दण्ड दिने चर्चा यो कुराको ठोस प्रमाण छ कि बाल्मिकी रामायण बुद्ध पछि लेखिएको छ । जुन राम बुद्ध भन्दा ३२ हजार ४ सय बर्ष पहिला जन्म भयो र त्यतिवेला बाल्मिकी रामायण लेखिएको हो भने त्यो रामायणमा बुद्ध र चार्वाकको चर्चा हुनै सक्दैन् । राम र राम मन्दिरको नाममा धार्मिक उन्माद निर्माण गर्नु आर्य ब्राद्मणी सहस्य हुन् । जसलाई सधाारण बुद्धि भएको मान्छेले बुझ्न सक्दैन् तर नातीले हजुरवालाई काखामा राखेर खेलाउन सक्दैन भने कुरा आम साधारण बुद्धि भएको मान्छेले सहजै बुझ्न सक्छन् ।

पुष्यमित्र शुंगको छदम नाम राम हो

बाल्मिकी रामायणको तथ्यवाट प्रमाणित हुन्छ कि रामायणको रामको जन्म भारत र नेपालको भूमिमा भएको छैन् तर रामको अस्तित्व नेपाल र भारतको जनमानसमा विद्यमान छ । रामायणको विचार भाग्यवाद, पुनर्जन्म, अन्धविश्वास, पाखण्ड र चमत्कारमा आधारित छ । करोडौ मान्छेको व्यवहारमा परिलक्षित छन् । रामायणको रचना बुद्ध पछि गरिएको छ । इतिहास साक्षी छ कि दक्षिण एसियाको गौरवशाली इतिहासको अन्त्य मौर्य सम्राट बृहद्रथको सेनापति पुष्यमित्र शुंगद्धारा गरिएको थियो । पुष्यमित्र शुंगले पुर्व नियोजित योजना अनुसार सम्राट बृहद्रथलाई हत्या गर्छ । साथ साथै बौद्ध भिक्षुको आम कत्लेआमको आदेश दिन्छ । भयको वतावरण सृजना गर्छ । भयको वतावरणमा वर्ण–व्यवस्थाको सृजना गरेर मुलनिवासीलाई चौथो वर्णको रुपमा शुद्र पहिचान दिएर हजारौ जातिमा विभाजन गर्छ ।
वर्ण जाति ब्यवस्थालाई बनाई राख्नको लागि पुष्यमित्र शुंगको छोरा अग्नि मित्रले आफ्नो नेतृत्वमा अन्य धर्म ग्रन्थको अतिरिक्त बाल्मिकी रामायणको रचना गर्छ । भयको वतावरणमा ब्राद्मणी धर्म ग्रन्थ द्धारा भ्रमको शुत्रपात गरियो । भ्रम तबसम्म बहुजनलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन् जब सम्म भ्रम सृजना गर्नेको हाथमा सत्ता हुन्छ । आर्य ब्राद्मण मुलनिवासी बहुजनलाई स्वर्ग, नर्क तथा मोक्षको मार्गमा अल्मल्याउदै आपूmलाई सदैब सत्तामा राखि रह्यो ।
पुष्यमित्र शुंगको छोरा अग्नि मित्र राम नामको प्रचार–प्रसारको लागि बौद्ध–भिक्षुको भेषमा संतको निर्माण गरे । दशरथ जातक कथाको रामलाई रामायणको राम घोषणा गरे । त्यो राम पुष्यमित्र शुंगको छदम नाम हो ।

अशोक विजया दशमीलाई दशहरा बनाए

आर्य–ब्राहमणले विजया दशमिलाई असत्यमाथि सत्यको विजयको रुपमा मनाउदै आएका छन् । असत्यको प्रतीक रावण हो भने सत्यको प्रतीक राम । सत्य रामले असत्य रावणलाई बध गरे । यो कथन भयंकर भूmठ तथा फरेब हो । बौद्ध भिक्षुको दशरथ जातक कथामा दशरथ पुत्र रामको वर्णन गरेको छ । बाल्मिकी रामायणमा कयौँ स्थानमा बुद्ध, अशोक, बुद्धको चचेरा भाई नंद, सिद्धार्थ, कौशल नरेश प्रसेनजित, बृहद्रथ तथा बौद्धकालिन १६ गणराज्यको चर्चा छ । यति मात्र होईन बाल्मिकी रामायणमा रावणको लागि परिव्राजक र भिक्षु शब्दको पनि प्रयोग भएको छ । श्रमण शब्दको पनि प्रयोग भएको छ ।
मौर्यकालिन सम्राट अशोकको कलिंग युद्धमा ठूलो रक्तपात भएको थियो । लाशको ढेर देखेर उसको हृदय परिवर्तन भयो । कलिंग युद्ध पश्चात अशोकले धम्मको शरण लिए । बौद्ध धम्मलाई राज्य धर्मको रुपमा घोषणा गरे । युद्ध दर्शनवाट हटेर बुद्ध दर्शन अपनाए । जुन दिन अशोकको हृदय परिवर्तन भए त्यो दिन आश्विन दशमीको दिन थियो । त्यो दिन नै अशोकले तलवारलाई दुई टुक्रा गरेर सदाको लागि फालिदिए । त्यहिवेला धम्म विजय दिवस मनाउन थाले र पछि गएर अशोक विजया दशमीको रुपमा मनाउन थाले । अशोक विजया दशमीलाई मेटाउनको लागि आर्य–ब्राहमणले मौर्य सम्राटको अन्तिम सम्राट बृहद्रथलाई उसैको सेनापति पुष्यमित्र शुंगवाट हत्या गराए । अशोक विजया दशमी जुन अहिँसाको प्रतिक थियो त्यसलाई बदलेर हिँसाको प्रतिकको रुपमा दश मौर्य सम्राट (चन्द्रगुप्त मौर्य देखि बृहद्रथसम्म) लाई हराएको भनेर दशहारा मनाउन थाले । दश मौर्य सम्राटको टउकोलाई रावणको रुपमा प्रचार गरे ।
त्यसैको कडीको रुपमा बाबासाहेव डाँ अम्बेडकरको महापरिनिर्माणको दिन (६ डिसेम्बर १९९२) बाबरी मस्जिदलाई भत्काएर अम्बेडकरको विचारधारालाई सधैको लागि मेटाउन चाहन्थे । साथ–साथै मण्डल आन्दोलनलाई तहस–नहस गर्न पिछडा–वर्गलाई शासन प्रशासनमा भागिदारीको लागि संविधानमा धारा ३४० को प्रावधान गरिएको थियो । जसको आधारमा मण्डल कमिसनको प्रतिवेदन प्रस्तुत भएको थियो । आर्य–ब्राहमण सत्तालाई जीवित राखी राख्नको लागि राम, रामायण तथा राम मन्दिर सवर्णको लागि सधै प्रिय रहँदै आएको छ ।
(रजक अम्बेडकरी तथा बहुजन अध्येता हुन्)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank