सर्वोच्चले लोक सेवालाई पुन: विज्ञापन गर्न आदेश दियो भन्ने समाचार गलत

दलित अनलाईन ४ असार २०७६, बुधबार १६:२८

 

काठमाडौं – लोक सेवा आयोगलाई समावेशी ढंगले पुन: विज्ञापन गर्न सर्वोच्चले आदेश दिएको भन्ने भ्रमपूर्ण समाचार फैलिएपछि सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले त्यसको खण्डन गरेका छन् ।

पौडेलले एक अनलाइनले राखेको समाचारको स्क्रिन सट राखेर उक्त समाचारमा सत्यता नरहेको प्रष्ट पारेका हुन् ।

समावेशिताको आधारमा पुन: विज्ञापन गर्न लोक सेवा आयोगलाई सर्वोच्च अदालतको निर्देशन‘ शीर्षकको समाचारतर्फ इंगित गर्दै पौडेलले लेखेका छन्, ‘यो समाचारमा सत्यता छैन है । फरक-फरक ४ वटा रिट भएकाले एकै ठाउँमा राखेर सुनुवाई गर्ने भन्ने हो । समाचार गलत छ सच्याइयोस् । पाठक बढाउन यस्तो नगरौं ।’

हेर्नुहोस्, ट्वीट :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank