भोटोकोशी बाढी प्रभावितलाई राष्ट्रिय दलित आयोगले ११ दिनको तलब सहयोग गर्ने

दलित अनलाइन भदौ १९, २०८३

काठमाडौँ —    भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन राष्ट्रिय दलित आयोगले आफ्ना पदाधिकारी तथा कर्मचारीको ११ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने भएको छ।

बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गर्न लागिएको आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले जानकारी दिए।

भोटेकोशी बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित भएका छन्।

प्रवक्ता पुर्कुटीका अनुसार आयोगका चार पदाधिकारी, सचिव, उपसचिव तथा कर्मचारीबाट प्राप्त हुने ११ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank