विगतको हिसाब खोज्ने ठाउँमा छैनाैँ, आगामी ३५ वर्षको योजना ल्याउनुस्

दलित अनलाइन भदौ ७, २०८३

काठमाडौँ —   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई बितेको ३५ वर्षको हिसाब माग्न छोडेर आगामी ३५ वर्षको योजना ल्याउन आग्रह गरेका छन्। आइतबार पार्टीका केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै सभापति लामिछानेले रास्वपा अब दोष देखाएर पन्छिन मिल्ने ठाउँमा नभएको स्पष्ट पारे।

उनले भने, ‘हिजो हामीले दोष लगाउने कैयौँ मानिस थिए। जसलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ। आज कसलाई दोष देखाउने ?’

विगतको लेखाजोखा राज्य संयन्त्रले नै गर्ने उल्लेख गर्दै सभापति लामिछानेले नेता–कार्यकर्तालाई अब भविष्यको योजना निर्माणमा लाग्न निर्देशन दिए।

‘अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू। अबको ३५ वर्षको योजना ल्याउनुस्। बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे, धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने यो हाम्रै हातमा छ,’ उनले भने।

आफूहरू असफल भए संसारभर युवा नेतृत्वप्रति गलत धारणा बन्ने प्रस्ट पार्दै लामिछानेले भने, ‘आज तपाईं हामीले बाटो बिरायौँ भने संसारभरि के म्यासेज जान्छ भने युवाको नेतृत्वले  काम छैन, युवा भनेर हुने रहेनछ। देख्नुभयो नेपाल भनेर संसारका अन्य देशहरूले भन्नेछन्। हाम्रो शिर झुक्छ । शिर झुकाउने काम गर्नु हुन्न साथीहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank