सप्तरीको खड्ग नगरपालिका–८ विष्णपुरमा एकै परिवारका ५ जना मुसहर कुटिए

दलित अनलाईन २० असार २०७७, शनिबार २०:५२

कञ्चनपुर– सप्तरीको खड्ग नगरपालिका–८ विष्णपुरमा गएराती एक मुसहर परिवारलाई घरमा आएर निर्घात कुटपिट गरेको छ ।

कुटपिटबाट परि एकै परिवारका ५ जना घाईते भएका छन् । दुई साता अघि धान रोपेको खेतबाट चन्दर चौधरीको टयाक्टर लैजान खोज्दा गंगा सदाका छोरा र भतिजाले रोकेका थिए । ‘ मुसहर भएर हाम्रो टयाक्टर रोक्ने हिम्मत गर्ने ? भन्दै उक्त टयाक्टर धनीले केही यूवाहरुलाई रक्सी खुवाएर शुक्रबार राती करिब १० बजे गंगा सदाको घरमै गएर कुटपिट गर्न लगाएका थिए ।

कुटपिटबाट गंगा सदा,उनको भतिजा राकेश सदा ,भाई विनोद सदा,आमा बुचनी देवी सदा,भाई बुहारी सुरजीदेवी सदा सहित ५ जना घाईते भएका छन् । गंगा सदा नेपाल राष्ट्रिय मुसहर संघका सल्लाकार हुन् । घाईतेमध्ये गंगाको टाउँकोमा तीन ओटा टाँका,निरज र राकेश सदाको आँखा नजिक ३ टाँका लागेको छ । त्यस्तै बुचनी र सुरजीदेवीको समेत शरीर भरी चोट छ ।

घटनाका मुख्य योजनाकार कौशल चौधरी र हरिदेव चौधरी रहेको पिडीतले गंगा सदादे बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी तिलक भारतीले पुरानो रिसीबीका कारण दुई पक्षबीच झगडा भएको र ५ जना मान्छे खरचुइया स्गित इन्द्रणी अस्पतालमा उपचार गराई रहेको र घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank