दलित अधिकार दशक घोषणा गर्न माग

दलित अनलाइन साउन २५, २०८३

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालको कुल जनसङ्ख्याको एक चौथाइ हिस्सा ओगटेका दलित समुदायको उत्थानका लागि हालसम्मका सरकारहरूले विभिन्न कार्यक्रम ल्याए पनि ठोस उपलब्धि हुन नसकेको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपाका सांसद गणेश विश्वकर्माले पूर्वप्रधानमन्त्रीहरूका पालामा भएका प्रयासहरूको स्मरण गर्दै अब दलित अधिकार दशक घोषणा गर्न र संविधानको धारा २४  र  ४० को भावना अनुसार एकीकृत कानुन निर्माण गर्न माग गरेका हुन् ।  उनले दलित विकास प्राधिकरण गठन गरी बजेटसहितको योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

कमैया, कमलरी, हलिया र हरुवा–चरुवा मुक्तिको घोषणा भए पनि उनीहरूको पुनःस्थापनाको कार्य अझै अधुरो रहेकोमा सांसद विश्वकर्माले चिन्ता व्यक्त गरे । ‘२०३० भित्रै सबै मुक्त श्रमिकहरूको पुनःस्थापना सम्पन्न गरी बधुवा श्रम मुक्त मुलुकको पहिचान बनाउनुपर्छ,’ उनले भने । त्यस्तै, दलित भूमिहीन र सुकुम्वासीको समस्या स्थायी रूपमा समाधान गर्न ठोस योजना ल्याउन उनले माग गरे । ठाएको भन्दै उनले यस्ता विषयमा सरकारले नै जबाफदेही हुनुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank