मधेश प्रदेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

दलित अनलाइन साउन १५, २०८३

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित गरेको छ।  मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले पूर्वनिर्धारित एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ।

परीक्ष स्थगित भएका केन्द्रहरुमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाही क्याम्पस मलंगवा, जनज्योती बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिरहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका छन् ।

यस्तै महेन्द्र विन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पिपुल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर रौतहट, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, सिमरा कलेज बारा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज केन्द्रका परीक्षा पनि स्थगित भएका छन्।    त्रिविका अनुसार यी ११ बाहेक अन्य केन्द्रमा भने पूर्वनिर्धारित तालिका बमोजिम नै परीक्षा सञ्चालन हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank