काठमाडौं — डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति आएको लेदोसहितको बाढी गाउँमा पस्दा ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तर वर्षापछि धुलाखोला तथा आसपासका खोल्सामा आएको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो। बाढीमा घाइते भएकी आनन्दी विकलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिएका छन्।
घटनामा छ जना घाइते भएका छन्। कति घरमा क्षति भयो भनेर प्रहरीले संकलन गरिरहेको जनाइएको छ।


























Leave a Reply