लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

दलित अनलाइन असार १४, २०८३

काठमाडौं —    नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनमतको शक्तिलाई प्रयोग गर्दै गणतन्त्रको संरचनालाई कमजोर बनाउने कपटपूर्ण गतिविधि बढिरहेको भन्दै त्यसप्रति सबै लोकतान्त्रिक शक्तिहरू सतर्क हुनुपर्ने धारणा राखे।

‘लोकप्रियताको सुन्दर घुम्टोले, जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्क्याइ–जिस्क्याइ सेभोटेज गर्न बढ्दै गएको कपट र षड्यन्त्रप्रति हामी गम्भीर र सचेत छौं,’ उनले भने।

दुलालले आफ्नो पार्टीको संसदीय उपस्थिति सानो भए पनि विचारका हिसाबले आफूहरू बलियो रहेको दाबी गरे। सही विचारले समयसँगै विकास हुँदै समाजलाई प्रभाव पार्न सक्ने उनको भनाइ थियो।

‘चुनाव जितेर आउने संख्या सानो भए पनि हामी विचारको बीउ हौं। विचार सही भए, विचारको समयसापेक्ष विकास भई सिंगो समाजलाई प्रभाव पार्न सक्छ,’ उनले भने।

उनले पछिल्लो निर्वाचनको परिणामलाई स्थायी हारका रूपमा नलिन आग्रह गर्दै आफ्नो पार्टी पुनः सशक्त प्रतिस्पर्धी शक्तिका रूपमा उदाउने विश्वास व्यक्त गरे।

‘यो पटक हामी आवधिक चुनावमा तपाईहरूसँग हारेका हौं। सधैंका लागि हारेका होइनौं। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौं,’ उनले बताए।

उनले अहिलेको व्यवस्थाप्रति पूर्वग्राही दृष्टिकोण लागू गर्ने दुस्साहस गरे देशमा फेरी द्वन्द्व सृजना हुने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank