कञ्चनपुर मुक्त हलिया : सामुदायिक वनको अधिकार ‘सपनाको सपनै’

दलित अनलाईन १५ कार्तिक २०७५, बिहीबार २३:०५

गोकुल जोशी

कञ्चनपुरमा रहेका मुक्त हलिया परिवारहरु सामुदायिक वनको पहुँचमा अझै पनि पुग्न सकेका छैनन्। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका ४१८ मुक्त हलिया परिवार सामुदायिक वनको अधिकारबाट अझै वञ्चित रहेका हुन। सामुदायिक वनको छेउछाउमै बसेका मुक्त हलिया परिवारहरुले सदस्यता नपाउँदा वन पैदावारको उपभोग गर्न नसकेका राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले बताए।

जनचेतनाको कमी र सामुदायिक चर्को सदस्यता शुल्कका कारण सामुदायिक वनको अधिकारबाट टाढा रहनु परेको मुक्त हलिया बताउँछन्।

शुल्कका कारणले त मुक्त हलिया वनको अधिकारबाट टाढा छन् नै निवेदनसहित शुल्क बुझाउँदा पनि सामुदायिक वनको सदस्यता पाएका छैनन्। ‘धेरै परिवारले सदस्यता पाउनका लागि निवेदनसहित शुल्क बुझाए पनि सदस्यता पाएका छौनौँ।’ अध्यक्ष लुहारले गुनासो गरे।

सामुदायिक वनहरुले साधारण सदस्य बन्नका लागि रु पाँच हजारदेखि १० हजारसम्म सदस्यता शुल्क निर्धारण गरेपछि मुक्त हलिया परिवारले रकम जुटाउन नसक्दा सदस्यता नपाएको उनको भनाइ रहेको छ।

विभिन्न समस्या खेप्दै आएका मुक्त हलियाहरु वनको अधिकार पनि उपभोग गर्न नपाउदा निकै दुखी छन्। कानूनी रुपमा सामुदायिक वनबाट प्राप्त वन पैदावारको सहज पहुँचबाट मुक्त हलिया परिवार बाहिर रहेका छन्।

जिल्लामा रहेको ४१८ मध्ये भीमदत्तनगपालिका–९ का ११४, सोही नगरपालिका–१० का ९७, वडा नं ६ का ३८, बेदकोट नगरपालिका–८ का १२, शुक्लाफाँटा नगरपालिका ५, ६ र १० का १५, सोही नगरपालिका–९, १० र ११ का ४७ र वडा नं ७ का ४४ मुक्त हलिया परिवार सामुदायिक वनको अधिकारबाट वञ्चित रहेका छन्।

सामुदायिक वनको अधिकारबाट वञ्चित भएपछि मुक्त हलिया परिवारले सामुदायिक वनबाट पाउनुपर्ने दाउरा, घाँस, काठ लगायतका वन पैदावारको उपभोग गर्न सकेका छैनन्। ‘सामुदायिक वनबाट हामीले कहिले वन पैदावार उपभोग गर्न पाएका छैनौँ, अब पनि खै पाउँछौँ या पाउदैनौँ, यो त हाम्रो सपनाको सपना मै रहन्छ जस्तो लाग्छ। ’ एक जना मुक्त हलिया लक्ष्मी रैकालले गुनासो गरिन्।

सामुदायिक वनको क्षेत्र भित्र बसोबास गर्ने बासिन्दाले सदस्यताका लागि निवेदन दिएपछि सदस्यता बन्न पाउनु पर्ने स्थानिय बुद्धिजिवीको बुझाई छ। यसमा सामुदायिक वनका पदाधिकारीहरुले सहज रुपमा सदस्यता दिनका लागि अग्रसरता जनाउनु पर्ने उनिहरुको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank