काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा जारी छ। हिजोदेखि सुरू भएको पहिलो महाधिवेशनको बन्दसत्र आजदेखि चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा सुरु हुँदैछ।
देशभरका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट झण्डैं ४१ सय प्रतिनिधि महाविधेशनमा सहभागी हुन आएका छन्। प्रतिनिधिहरूले आफ्नै व्यवस्थापनमा होटलमा बसोबास गरे पनि खानपानको व्यवस्थापन भने आज बिहानदेखि पार्टीले सुरु गरेको छ।
महाविधेशनस्थलमा प्रतिनिधिहरूलाई बिहानको नास्ता, दिउँसोको खाना, हाइटी तथा बेलुकाको खानाको व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

प्रतिनिधिहरुलाई बिहान खसीको मासु र भात खुवाइने छ। करिब ४१ सय प्रतिनिधि तथा अन्य सहभागीका लागि बिहानको खानामा मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासु आवश्यक पर्ने अनुमान गरिएको छ। बेलुकाको खानामा भने मिक्स भेज तरकारी समावेश गरिनेछ।
बिहान र बेलुकाको खानामा कम्तीमा १० प्रकारका परिकार राखिने जनाइएको छ।, मासु नखाने सहभागीका लागि पनिर, च्याउ तथा सिजनल तरकारीको छुट्टै व्यवस्था गरिएको छ।
तीन दिनसम्मको खानपान व्यवस्थापनको जिम्मेवारी दियालो फुडल्याण्ड, क्षेत्रपुर नारायणगढले लिएको छ। फुडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारीका अनुसार बिहान ७ बजेदेखि ब्रेकफास्ट, दिउँसो १ बजेदेखि २ः३० बजेसम्म खाना, ३ बजेदेखि ५ बजेसम्म हाइटी तथा बेलुका ६ बजेदेखि ९ बजेसम्म रात्रीभोजको तालिका तय गरिएको छ।


























Leave a Reply