जातको प्रश्नको कार्यक्रममा कुनै पूर्वाग्रह छैन :  समता फाउण्डेशन

दलित अनलाईन २७ आश्विन २०७७, मंगलवार १९:३६

काठमाडौं— जातको प्रश्न नामक टेलिभिजन कार्यक्रमका प्रस्तोता राजेश हमालको फोटो र समता फाउण्डेशनको लोगोको दुरूपयोग गरि सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको घटनाप्रति समता फाउण्डेशनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबर समता फाउण्डेशनका कार्यकारी अध्यक्ष प्रदिप परियारले जारी गरेको प्रेस विज्ञप्तीले जातको प्रश्न कार्यक्रमका प्रस्तोता राजेश हमालको फोटो र समता फाउण्डेशनको लोगोको दुरूपयोग गरि सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ ‘अनाधिकृत रूपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गरि पोष्टर बनाई भ्रम फैलाउनु नेपाल सरकारकोे साईबर कानूनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौं ।’
समता फाउण्डेशन एक दशकदेखि सामाजिक न्यायको क्षेत्रमा अध्ययन–अनुसन्धान तथा नीतिगत पैरवी गर्दै आइरहेको सामाजिक संस्था हो ।
दलित समुदायविरूद्ध भइरहेका यी श्रृङ्खलात्मक हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको सँस्कृति बढाउनका लागि समता फाउण्डेशनले जातको प्रश्न नामक टेलिभिजन कार्यक्रम उत्पादन गरेको हो । हाल यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ । यो कार्यक्रमकोे मुख्य उदेश्य नै जातीय विभेद सम्बन्धी घर घरमा संवादको शुरुवात गर्नु रहेको छ ,यो विज्ञप्तीमा भनिएको छ ।

समता फाउण्डेशनले जारी गरेको विज्ञप्तीको पूर्णपाठ

 

२०७७ साल असोज २६ गते

प्रेस वक्तव्य

समता फाउण्डेशन एक दशकदेखि सामाजिक न्यायको क्षेत्रमा अध्ययन–अनुसन्धान तथा नीतिगत पैरवी गर्दै आइरहेको सामाजिक संस्था हो । देशमा कोभिड–१९ को महाव्याधिले अपूरणीय क्षति निम्त्याएको छ । सारा विश्व महाव्याधिसँग संघर्ष गरिरहेको बेला, रूकुम पश्चिममा नवराज बिकलगायत ६ जनाको नरसंहार होस् वा रूपन्देहीमा बलात्कारपछि ज्यान गुमाएकी अंगिरा पासी । भोकले ज्यान गुमाउने मलर सदा, सूर्यबहादुर तामाङ हुन् वा प्रहरी हिरासतमा मारिएका विजयराम चमार । बन्दाबन्दी भएको ५ महिनाको समयमा मात्र दलित समुदायका १५ जनाको हत्या भएको देखिन्छ ।

दलित समुदायविरूद्ध भइरहेका यी श्रृङ्खलात्मक हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको सँस्कृति बढाउनका लागि समता फाउण्डेशनले जातको प्रश्न नामक टेलिभिजन कार्यक्रम उत्पादन गरेको हो । हाल यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ । यो कार्यक्रमकोे मुख्य उदेश्य नै जातीय विभेद सम्बन्धी घर घरमा संवादको शुरुवात गर्नु रहेको छ । यस कार्यक्रमा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाग्रह नराखेको स्पस्ट गर्न चाहान्छौ । कार्यक्रमबारे आएका समालोचनात्मक तथा रचनात्मक सल्लाह र सुझावलाई हामी सदैव स्वागत गर्दछौं । हाम्रो समाजमा विद्यमान जातीय विभेदको विविध पक्षमा विचार–विर्मश होस् भन्ने हाम्रो उद्देश्यलाई स्वस्थ बहसले थप बल र सहयोग पु¥याएको छ । यसका लागि कार्यक्रमका दर्शक तथा शुभचिन्तकका साथै हाम्रो कामका लागि समालोचनात्मक चेत भरिदिनुहुने सम्पूर्णलाई हार्दिक धन्यवादज्ञापन गर्दछौं । कार्यक्रम प्रसारण भइरहेकै बेला समता फाउण्डेशनको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई समेत दुरूपयोग गरि सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको घटनाप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त पोस्टर समता फाउण्डेशनले नबनाएको र त्यसमा संस्थाको कुनै संलग्नता नभएको पनि यसै विज्ञप्तिमार्फत् प्रष्ट्याउँदछौं । अनाधिकृत रूपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गरि पोष्टर बनाई भ्रम फैलाउनु नेपाल सरकारकोे साईबर कानूनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौं ।

नेपाल सरकारको प्रचलित नीति–नियम र कानून बमोजिम संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूको सहकार्य र सहयोगमा सञ्चालन भएका परियोजना तथा कार्यक्रमहरु पारदर्शी ढंगले संचालन गर्दै सामाजिक उत्तरदायित्वलाई संस्थाले प्राथमिकतासाथ वहन गर्दै आएको छ । समता फाउण्डेशनको गतिविधि र कार्यक्रमबारे स्वस्थ आलोचना र सिर्जनात्मक सुझावलाई हामी सधैं स्वागत गर्दछौं ।

प्रदिप परियार
कार्यकारी अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank