मन्त्रिपरिषद् बैठकबाट बजेट पारित

दलित अनलाइन जेष्ठ १५, २०८३

काठमाडौं —  सरकारले संघीय संसद्‌मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट स्वीकृत गरेको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्‌मा प्रस्तुत हुने बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

सरकारले स्वीकृत गरेको बजेट आज बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रस्तुत गर्दै छन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank