सरकार विकासका सवालमा कठोर छैन : सुनिल लम्साल

दलित अनलाइन जेष्ठ ८, २०८३

काठमाडौं —  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विकास निर्माणका सवालमा सरकार अनुदार वा कठोर नहुने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यस्ताे बताएका हुन्।

निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताउँदै उनले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरे।

उनले निर्माण सामग्री र इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण पूर्वाधार मन्त्रालयको बजेट ठूलो दबाबमा रहेको बताउँदै भने,
‘अहिले हाम्रो अगाडि रहेको यो मूल्यवृद्धि सामान्य होइन। यो नेपालकै इतिहासको सबैभन्दा ठूलो मूल्यवृद्धि हो र निर्माण क्षेत्रका लागि यो एउटा ठूलो संकट पनि हो। हाम्रो जस्तो सानो पुँजी भएको देशमा यसको असर झन् बढी छ। अझ करिब २० दिन अगाडिसम्मको कुरा गर्ने हो भने, हाम्रो मन्त्रालयको बजेट अहिलेको थप बजेट बनाउन मिल्ने सीमाभन्दा धेरै घाटामा गइसकेको थियो। लगभग ३७ अर्ब जति घाटा भइसकेको थियो।’

पुराना आयोजनामा भएको मूल्य समायोजन रोक्का र एक वर्षे आयोजनाको कानुनी जटिलताबारे सरकार सचेत रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank