दलित समुदायको पीडाप्रति सरकारको ध्यान जान सकेन : नीता घतानी

दलित अनलाइन जेष्ठ ५, २०८३

काठमाडौं —  नेकपा एमालेकी सचेतक नीता घतानीले रास्वपा सभापति रवि लामिछानेले दलित समुदायसँग माफी माग्ने कुरा सकारात्मक कदम भए पनि माइतीघर मण्डलामा ३१ दिनदेखि जारी सत्याग्रह धर्ना र दलित समुदायको पीडाप्रति सरकारको ध्यान जान नसकेको बताएकी छन् ।

मंगलबारकाे संसद  बैठकमा आकस्मिक समय लिएर बाेल्दै दलित समुदायको पीडाप्रति सरकारको ध्यान जान नसकेको बताएकी हुन् । उनले रास्वपा सभापति रवि लामिछानेले दलित समुदायसँग माफी माग्ने कुरा सकारात्मक कदम भए पनि माइतीघर मण्डलामा ३१ दिनदेखि जारी सत्याग्रह धर्ना र दलित समुदायको पीडाप्रति सरकारको ध्यान जान नसकेको बताइन् । ‘दलित समुदायको सम्मान केवल माफी वा भाषणमा सीमित हुनु हुँदैन, त्यो व्यवहार, संवेदनशीलता र न्यायमा देखिनुपर्छ,’ घतानीले भनिन् ।

Shivam Cement

‘स्नातक तह अध्यनका लागि काठमाडौं आएका किरण विकलाई घरबेटीले जात थाहा पाएपछि डेराबाट निकालियो, अन्ततः उनी सुदूरपश्चिम फर्किन बाध्य भए ।

निरज विश्वकर्माले आफ्नो स्नातक तह अध्ययनको सिलसिलामा ४०औँ पटक डेरा सर्नुपरेको पीडा उस्तै छ,’ उनले भनिन्, ‘दलित समुदायका कैयौँ व्यक्तिहरू, न्यायाधीश, मन्त्री, सांसद, सचिव र प्रभावशाली व्यक्तित्वसमेत थर लुकाएर बस्न बाध्य छन् l यी घटना कुनै एक व्यक्तिका कथा मात्र होइनन्, यी हजारौँ दलितहरूले दैनिक भोगिरहेको यथार्थका प्रतिनिधि घटना हुन् ।’

सचेतक नीता घतानीले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank