‘लाली बजार’ प्रदर्शनको बाटो खुल्यो, अल्पकालीन अन्तरिम आदेश खारेज

दलित अनलाइन बैशाख २३, २०८३

काठमाडौं — उच्च अदालत पाटनले चलचित्र ‘लाली बजार’ प्रदर्शनका लागि बाटो खुला गरिदिएको छ।

न्यायाधीशद्वय षडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र प्रदर्शनमा रोक लगाउने गरी जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने निर्णय सुनाएको हो।

अदालतले रिट निवेदनमा उठाइएका विषयहरूमा अन्तिम सुनुवाइका क्रममा विचार गर्न सकिने भन्दै वैशाख १५ गते जारी भएको रोक लगाउने आदेशलाई खारेज गरेको छ।

Shivam Cement

‘प्रस्तुत रिट निवेदनमा माग गरेको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा विचार हुन सक्ने अवस्था देखिएकाले हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन,’ आदेशमा उल्लेख छ।

यसअघि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्रमा प्रयोग भएका ‘वादी’, ‘राजाको सामान’ र ‘चढाउने प्रसाद’ जस्ता शब्दहरू हटाउन वा म्यूट गर्न निर्देशन दिएको थियो।

उक्त निर्देशन विरुद्ध रोशनी नेपालीले दायर गरेको रिटमा अदालतले सुरुमा प्रदर्शनमा अल्पकालीन रोक लगाएको थियो। बिहीबारको आदेशसँगै अब निर्माण पक्षलाई चलचित्र हलमा प्रदर्शन गर्ने कानुनी बाटो खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank