राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

दलित अनलाइन बैशाख २२, २०८३

काठमाडौं —  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

मंगलबार राष्ट्रपति पौडेलले वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद् अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।

आजै दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। यहि अधिवेशनमा सरकारले बजेट ल्याउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank