नेकपाको ६ बुँदे कार्ययोजना : पार्टीमा युवा र जेनजीको सहभागिता ५० प्रतिशतसम्म पुर्‍याइने

दलित अनलाइन बैशाख १९, २०८३

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो ६ बुँदे तत्कालीन कार्ययोजनाको रूपरेखा सार्वजनिक गरेको छ । जसमा पार्टीको संरचनामा आमूल परिवर्तनको घोषणा गरिएको छ ।

पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पारित गरेको योजनाअनुसार अब निर्वाचित हुने वडादेखि केन्द्रसम्मका सबै कमिटीहरूमा युवा र ‘नव-युवा’ (जेनजी) को सहभागिता ५० प्रतिशत पुर्‍याइने भएको शनिबार प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

बैठकले युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्नका लागि अनुभवी र प्रौढ नेताहरूसँगै नयाँ पुस्ताको समावेशितालाई अनिवार्य बनाएको उनको भनाइ छ ।  आगामी मंसिरको दोस्रो हप्ता आयोजना हुने एकता राष्ट्रिय महाधिवेशनबाट यस योजनालाई पूर्णता दिने लक्ष्य राखिएको छ ।

पार्टीले केवल राजनीतिक मात्र नभई साङ्गठनिक र सांस्कृतिक स्पष्टतासहित पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ ।

Shivam Cement

कार्ययोजनामा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि देशभक्त शक्तिहरूबीच साझा समझदारी कायम गर्ने र सडक एवं सदन दुवै मोर्चाबाट सशक्त भूमिका निर्वाह गर्ने उल्लेख छ । यस्तै, सिंगो कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने योजना पनि नेकपाले अघि सारेको छ ।

पार्टीका कार्यकर्ता र पंक्तिलाई नियमित रूपमा उत्पादन र श्रम कार्यमा जोड्ने अभियान सञ्चालन गरिने विषयलाई पनि कार्ययोजनामा प्राथमिकताका साथ समेटिएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको कामलाई वैचारिक र कूटनीतिक रूपमा ठोस ढङ्गले अगाडि बढाउने र साङ्गठनिक समायोजनको कामलाई  जेठ मसान्तभित्र सम्पन्न गरिसक्ने गरी नेकपाले आफ्नो मार्गचित्र तय गरेको ज्वालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank