काठमाडौँ — मनोहरा नदी किनारमा बसोबास गर्दै आएका सुकुमबासीलाई हटाएर बस्ती खाली गर्न आइतबार बिहानैदेखि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार उपत्यकाभरका प्रहरी युनिटसहित अन्य सुरक्षा निकाय परिचालन गरिएका छन् । हाल स्थानीय बासिन्दाले घरायसी सामान सारिरहेका छन् भने सुरक्षाकर्मीले व्यवस्थापनमा सहजीकरण गरिरहेका छन् ।
यसअघि शनिबार बस्ती खाली गर्ने क्रममा केही व्यक्तिले प्रहरीमाथि दुव्र्यवहार गरेका थिए । सो घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आज भने बासिन्दाले तुलनात्मक रूपमा सहज भूमिका खेलेको जनाइएको छ । केही समयमै डोजर प्रयोग गरी संरचना हटाउने तयारी गरिएको छ ।
प्रशासनले नदी किनार अतिक्रमण हटाउने अभियानअन्तर्गत उक्त कदम चालिएको जनाएको छ भने स्थानीयहरू भने वैकल्पिक बसोबासको माग गर्दै आएका छन् ।


























Leave a Reply