लुम्बिनी प्रदेशसभाबाट पारित भयो दलित अधिकार विधेयक

दलित अनलाइन बैशाख ९, २०८३

बुटवल—  लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मतरूपमा पारित गरेको छ ।

सातौं अधिवेशनको १४ औं बैठकबाट यो विधेयक सर्वसम्मत रूपमा पारित भएको हो । सात प्रदेशहरुमध्ये दलित विधेयक पास गर्ने लुम्बिनी प्रदेश सभाले पहिलो हो ।

NTC

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल तथा पारित गर्ने प्रस्ताव पेश गरेका थिए, जसलाई प्रदेश सभाले सर्वसम्मत पास गरेको थियो ।

विधेयकमा दलित समुदायका व्यक्ति वा परिवारलाई आवासको व्यवस्था मिलाउने प्रावधान राखिएको छ । आर्थिकरूपमा विपन्न दलित विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रावासको सुविधा उपलब्ध गराइने, प्रदेशका सरकारी, निजी तथा सामुदायिक विद्यालय र विश्वविद्यालयका छात्रावासमा दलित विद्यार्थीलाई प्राथमिकता दिने व्यवस्था विधेयकमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank