माइतीघरमा दलित युवाको अनशन

दलित अनलाइन बैशाख ६, २०८३

काठमाडौँ —  दलित समुदायहरूले  राजधानीमा कोठा भाडा नपाएको भन्दै  दलित अधिकारकार्मीहरुले माइतीघरमा अनशन बसेका छन् । दलित भएकै कारण कोठा भाडा नपाइएको  र पाए पनि निष्कासित हुनुपरेको भन्दै उनीहरूले आइतबार अनशन बसेका हुन् ।

दलित अधिकारकार्मीहरु तथा अभियन्ता दीपा नेपाली, पूर्वसांसद विमला विक, चमार नेपालको तर्फवाट डा. दिनेश चमार, अपाङ्गताको तर्फबाट युवराज रसाइली र धना परियार, लेखक सञ्जीव अनशन बसेका छन् ।

Cgअध्ययन गर्न कठमाडौंमा आएदेखि नै कोठामा जातीय विभेद भोगेको र अहिले पनि चरम विभेद भोग्नु परेको कारण धर्नामा  बस्नु परेको अभियन्ता दीपा नेपालीले  बताइन् । उनको अनुसार ०७६ सालमा राजधानी छिरेदेखि घरबेटीले जात थाहा पाएपछि डेराबाट निकाला गरेको, जहाँ गए पनि थर सोध्ने र थर बताएपछि बहाना गरी कोठा दिन अस्वीकार गरेको र  हालै पनि जातकै कारण कोठा नपाएपछि अनशन बस्नु परेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank