रौतहट — प्रहरी कुटाईबाट हिरासतमा रहेका विजय रामको हत्या भएको र पीडित परिवारको न्यायको लागि भनेर आमरण अनशनमा बसेका पूर्व सांसद विश्वेन्द्र पासवानको प्रहरीले अपहरण शैलीमा मोबाइल फोन नियन्त्रणमा लिइ जबरजस्ती धरान पु¥याएको रोशन पासवानल बताएका छन् ।
प्रहरी हिरासतमा मृत्यु भएका विजय महराका परिवारलाई न्याय दिलाउन र दोषीलाई कारबाहीको माग अघि सार्दै गएको मंगलबार दुई पूर्वसांसद तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान र राष्ट्रियसभाका पूर्वसदस्य रामप्रीत पासवान आमरण अनशन सुरु गरेका थिए ।
‘अस्पातल लैजान पर्ने कुनै विरामी नभएको व्यक्तिलाई जबरजस्ती अपहरणको शैलीबाट मोबाईल फोन नियन्त्रणमा लिएर अस्पताल पु¥याउनु , प्रहरी ज्यादती र दमन हो । ’
आमरण अनशन बसेका पूर्वसांसद विश्वेन्द्र पासवानको स्वास्थ्य अवस्था खराब हुन थालेपछि स्लाइन दिइएको थियो । घटनाका दोषीलाई कारबाहीको माग गर्दै अनशन बसेका पूर्वमन्त्री पासवानलाई उपचारका लागि भन्दै प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले विश्वेन्द्र पासवानको चालउने मोबाईल नियन्त्रणमा लिएर अपहरणको शैलीमा जबरजस्ती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएको पासवानका स्वकीयसचिव रोशन पासवानले दलित अनलाईन डटकमलाई बताए । ‘अस्पातल लैजान पर्ने कुनै विरामी नभएको व्यक्तिलाई जबरजस्ती अपहरणको शैलीबाट मोबाईल फोन नियन्त्रणमा लिएर अस्पताल पु¥याउनु , प्रहरी ज्यादती र दमन हो । ’
जिल्ला प्रहरी गौरले पासवानको स्वास्थ्य अवस्था नाजुक भएकाले अस्पताल पु¥याइएको जनायो ।
Leave a Reply