राज्य व्यवस्था तथा सुशासन समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं : सभापति

दलित अनलाइन बैशाख ४, २०८३

काठमाडौँ —   प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन भएका छन्। शुक्रबार बसेको समितिको बैठकले सांसद ढकाललाई सभापतिमा चयन गरेको हो।

सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले समितिभित्र स्वभावमा काम गर्ने तथा प्रभावमा काम नगर्ने बताए। उनले समिति र सदन फरक भएकाले समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु हुने बताए।

NMB

‘समितिभित्र स्वभावमा काम गर्ने प्रभावमा काम नगर्ने हो। समिति र सदन अलि फरक होला । सदनमा दलिय कुराहरु दलगत हिसावमा बहस होला। तर समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु हुने गर्छ,’ उनले भने, ‘त्यो अभ्यासलाई मान्यज्यूहरुको सिर्जनात्मक सुझावहरु र खबरदारीहरुलाई ग्रहण गर्ने। मेरो ३१ महिनाको अनुभव पनि छ। ति अनुभवहरुलाई पुरस्कृत गरेर लैजाने छु । यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank