इनिसा विक हत्या प्रकरण : सीआईबीको टोली अनुसन्धानका लागि सुर्खेतमा

दलित अनलाइन फाल्गुन २८, २०८२

काठमाडौँ — सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोली सुर्खेत पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान जिल्लाबाटै पूरा भएको बताउँदै घटनाको थप तथ्य पत्ता लगाउन सीआइबीको सहयोग लिएको हो।

प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए।

उनका अनुसार घटनासँग सम्बन्धित मोबाइलसहितका विभिन्न विद्युतीय सामग्री अनुसन्धानका लागि प्रयोगशालामा पठाइएको छ। पीडित र शंकास्पद पक्षसँग सम्बन्धित सामग्री केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टेककोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।

Nic asia bank

यसैबीच, कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ परीक्षण गर्ने टोली पनि सुर्खेत पुगेको छ। पोलिग्राफ परीक्षणबाट बयानको सत्यता जाँच गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण, कल डिटेल्स र अन्य विद्युतीय प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ। सबै रिपोर्ट आएपछि घटनाबारे अन्तिम निष्कर्षमा पुग्ने प्रहरीले जनाएको छ।

यता, मृतक किशोरीका बुबा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि ६ वर्षदेखि दुबई प्रहरीमा कार्यरत छन् ।
उनी घटेपछि हिजोसाझ मात्रै वीरेन्द्रनगर पुगेका छन् ।

इनिसाका बुवा इन्द्रबहादुरका अनुुसार प्रहरीले रिपोर्ट आउन एक हप्ता समय लाग्ने बताएका छन् । उनले भने,‘जबसम्म न्याय मिल्दैन तबसम्म लास उठाउँदैनौ । दोषिलाई हदसम्म कार्वाही हुनुपर्छ ।’ अनुसन्धानका लागि एक जनालाई घटनास्थलबाटै र आइतबार थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका तीनै जना नाबालक (१८ वर्षमुनिका) हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank