काठमाडौँ — नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
उपसभापति विश्वप्रकाश शर्माले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई फोनमार्फत खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘एन्फा अध्यक्षलाई फोनमार्फत खेलाडीको उपचार कोषमा काँग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको छु । देशको प्रतिस्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ लाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ । उहाँलाई सिघ्र स्वास्थलाभको कामना गर्दछु ।’
सोमबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साम्बाले आफ्नो घुँडाको गम्भीर चोटको उपचारका लागि आम समर्थकहरूसँग आर्थिक सहयोगको अपिल गरेकी थिइन्।


























Leave a Reply