बिरामी लिएर दिल्ली जाँदै गरेको विमान दुर्घटना, सात जनाकाे मृत्यु

दलित अनलाइन फाल्गुन १२, २०८२

काठमाडौँ — भारतमा विमान दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ।  सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना भएको हो।

चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीको रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी ९० (भिटी-एजेभी) विमान दुर्घटना भएको हो।

Nic asia bank

मृत्यु हुनेमा ४१ वर्षीय सञ्जय कुमार रहेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार आगलागीको घटनामा उनको शरीर ६३ प्रतिशत जलेर गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि एयर एम्बुलेन्समा दिल्ली लगिँदै थियो।

सञ्जयसँग उनका सहयोगी विकास गुप्ता पनि विमानमा सवार थिए। चिकित्सक सचिन कुमार मिश्र र उनका दुई सहयोगी अर्चना देवी र धुरु कुमार विमानमा थिए। दुई क्याप्टेनहरू विवेक विकास भगत र सवराजदीप सिंह गरी सातै जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank