सरकारको निर्णय : नवराज विकसहित ५ जनालाई १० लाख क्षतिपूर्ति दिने

दलित अनलाईन २७ श्रावण २०७७, मंगलवार १२:३३

काठमाडौं– जेठ १० गते रुकुम पश्चिम सोतीमा अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित रुपमा हत्या गरिएका नवराज विक सहित ५ जनालाई सरकारले १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले रुकुम घटनामा हत्या भएका ६ जनाका पीडित परिवारलाई राज्यका तर्फबाट १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । साथै सरकारले घाइते १२ जनालाई उपचार खर्च उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
युवा तथा खेलकुद मन्त्री जंगत विश्वकर्माका अनुसार बैठकले रुकुम पश्चिम सोती घटनामा घाइते भएका व्यक्तिहरुको उपचार खर्च उपलब्ध गराउने सरकारले निर्णय गरेको जानकारी दिए । ‘सरकारले मृतकका परिवारलाई १० लाख र घाइतेहरुले उपचार गर्दा लागेको सबै खर्चको बिल पेश गरेको आधारमा खर्चउपलब्ध गराउनेछ ।’
मन्त्री विश्वकर्माका अनुसार सरकारले रुकुम पश्चिमको चौरजहारी हत्या घटनाका सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदनले सिफारिस गरेको क्षतिपूर्ति उपलब्ध गराउन निर्णय सरकारले कार्यान्वयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank