काठमाडौँ — नेकपाका संयोजक पुष्पकमल दाहालले अब कुनै दलसँग तालमेल नहुने बताएका छन्। दाहालले नेकपा, एमाले र अन्य दलसँग तालमेल नहुने भन्दै १६४ निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई व्यापक बनाउन निर्देशन दिएका छन्।
सबै जिल्लाका निर्वाचन परिचालयन समितिलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै दाहालले एमालेलगायत दलसँग तालमेलको भ्रम चिर्न बताए।

‘हामीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौं, कसैसँग तालमेल हुँदैन। जनताबाट अस्विकृत भएका र जेलेन्सकी प्रवृत्तिसँग तालमेल गरिदैन’ उनले भने, ‘सबै निर्वाचन क्षेत्रबाट उत्साहजनक रिपोर्ट आएको छ। हामीले पहिलो पार्टी हुने सम्भावना देखेको छौं ।’ एमाले र नेकपाबीच तालमेलको चर्चा चलेपछि दाहालले भर्चुअल सम्बोधन गर्दै आफ्ना उम्मेदवार जिताउन आग्रह गरे।


























Leave a Reply