भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारमा चलखेल आहुतिद्धारा अस्वीकार !

दलित अनलाईन ४ श्रावण २०७७, आईतवार २३:०९

काठमाडौं— नेपाली साहित्यमा योगदान पु¥याउने स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक पुरस्कार हरेक वर्ष स्रष्टाहरुलाई सम्मान गदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुरस्कार वितरण गर्दै आएको छ । ०७६ को सात विधामा स्रष्टाहरुलाई सम्मान पुरस्कार गएको असार २९ गते वितरण गरियो । विभिन्न ६ विधामा दिइदै आएको पुरस्कार ०७३ सालबाट एक विधा थपेर भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दिइँदै आएको छ । नेपाल सरकारबाट दलित समुदायमा समर्पित भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार पहिलो हो । तर पुरस्कारलाई दलगत, गुटगत र व्यक्तिगत दायरामा उभिएर पुरस्कारकै अपमान हुने गरी पुरस्कार छनोट गर्ने र पुरस्कार दिनुले पुरस्कारकै गरिमा र औचित्यमाथि प्रश्न उब्जिएको छ ।

मन्त्री योगेश भट्टराईको त्यो कल ! 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सात विधामा दिइने राष्ट्रिय तथा प्रादेशिक पुरस्कारको सात विधाका आफ्नै नियम तथा सिफासित छनोट समिति छ । राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६ अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार भाषा साहित्य विधातर्फको पुरस्कार, ललितकला पुरस्कार, सङ्गीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार यस्तै महाकवि देवकोटा पुरस्कार गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार,इतिहास विधातर्फको पुरस्कार, साहित्य, संस्कृति र विज्ञानतर्फको पुरस्कारको आफ्नो–आफ्नो विषयगत समिति बने । तर भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार समिति बनाउने बेला मन्त्री योगेश भट्टराईले पहिलो कल गरे दलित मुक्ति संगठनका नेता गणेश विश्वकर्मालाई । कुरा गदै गर्दा मन्त्री भट्टराईले गणेश विश्वकर्मालाई पुरस्कार छनोट समितिमा राख्नुभन्दा पनि पुरस्कार पाउन योग्य व्यक्ति भएको आश्वासन दिदै विश्वकर्मालाई सजिलो हुने गरी र उनलाई पुरस्कार पाउने गरी पुरस्कार छनोट सिफारिस समितिमा विश्वकर्माले छनोट गरेका व्यक्तिहरु सिफारिस गर्न मन्त्रीले आग्रह गरे । मन्त्री भट्टराई र गणेश विश्वकर्माबीच फोन संवादमा एकखाले सहमति भयो । मन्त्री भट्टराईले गणेश विश्वकर्मालाई भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ का तर्फ समाज सुधार अभियान वा मानवअधिकारतर्फको विधा अन्तरर्गत कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धानतर्फबाट गणेश विश्वकर्मालाई पुरस्कार दिइने प्रतिबद्धता सहित फोन राखे । यो असार १३ गतेको कुरा थियो । रुकुम पश्चिममा भएको नवराज विकलाई पुरस्कार दिदा राम्रो सन्देश जाने र नवराजलगायतको सामुहिक हत्याकाण्ड जातीय होइन भन्नेहरुलाई बलियो जवाफ हुने भन्दै मन्त्री र गणेशकाबीच सहमति भइसकेको थियो । । गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारीमा भएको नवराज विकसहित उनका पाँचजना सार्थीहरुको सामुहिक हत्याले नेपालको दलित आन्दोलन पुनः एकपटक तातेको बेला नवराज विकलाई सरकारले पुरस्कार दिने र भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारको गुटगत चलखेल सुरु भइसकेको थियो ।

पुरस्कार समितिको चलखेल

पुरस्कार समितिको चलखेल कोभिड –१९ बाट थलापदै गरैको मुलुक लडकडानको बीचमै विभिन्न समुदायको विरोधसभा र खबरदारीले सरकारी आदेश अवज्ञा मात्रै भएको थिएन कि सरकारको चौतर्फी विरोधमा मानिसहरुको उपस्थिति बाक्लिदो थियो । यही बीचमा सिंहदबारभित्र मन्त्रीदेखि सत्तासिन दलको चलखेल हालिमुहाली अर्को थियो । मन्त्री र गणेश विश्वकर्माबीच कुराकानी भएकै आधारमा दुई सदस्यको नाम दिएपछि सोही आधारमा पुरस्कार छनोट समिति बन्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७३ सालदेखि दिदै आएको समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा अविस्मरणीय योगदान पु¥याउनु भएका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार स्थापना गरेको थियो । उक्त पुरस्कारको निरन्तरताको लागि यस वर्ष पनि समाज सुधार, मानव अधिकार र सीप कला, शिक्षा, साहित्य,लेखन तथा अनुसन्धान गरी ३ वटा विषयगत विधामा एक लाख नगद राशीबाट तीन जना स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेको थियो । यसका लागि संस्कृति महाशाखा प्रमुख सुरेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार चयन समिति गठन गरिएको थियो । सो समितिमा डा निर्मल कुमार विश्वकर्मा , भोजमान लाम्गादे ,सुशिला सिर्पाली र मन्त्रालय संस्कृति शाखाका उपसचिव दुर्गा प्रसाद भुर्तेल सदस्य थिए । छनोट समितिको दुई पटक चार जना सदस्यले गणेश विश्वकर्माको नाम सिफारिस गरे । एक जनाले पार्टी नेतालाई सोध्नुपर्ने भन्दै गणेश विश्वकर्माको नाम समर्थन गर्न सकेनन् । उनले गणेशभन्दा पाका मान्छे खोज्ने तर्क राखे । उनले भोली नै बैठक बस्ने गरी आग्रह गरे । दोस्रो दिन गणेश विश्वकर्माको सट्टामा पाका व्यक्तिहरुको नाम प्रस्ताव भयो ।

गणेश विश्वकर्मा हिस्स बुढी किच्च दात !
नेपालको मानवअधिकार आन्दोलन, लेखन तथा दलित मुक्ति आन्दोलनमा राम्रो छवि बनाएका गणेश विश्वकर्मा दलित नेताहरुभित्र प्राज्ञिक ढंगबाट तर्क गर्नसक्ने प्रखर वक्ता भनेर चिनिए पनि गुटगत राजनीतिक कारण पटक पटक चिप्लिएका नेता हुन् । मन्त्रीसँगको फोन संवादमा आफुले सिफारिस गरेको व्यक्तिहरुले आफुलाई पुरस्कार दिलाउन सिफारिस गर्ने भनेर ढुक्क भएका विश्वकर्मा मन्त्री भट्टराईले पुन फोन गरेपछि छाँगाबाट खसे जस्तै भए । मन्त्रीले सबै कुरा फोनमा भने । विश्वकर्माले आफुले सिफारिस गरेको एक सदस्यलाई तत्काल फोन गरे । तर सदस्यले चार जनाबीच विश्वकर्मालाई पुरस्कार दिने सहमति जुटे पनि एक सदस्यले बैठक नै नबसी अडान लिएपछि पुरस्कारमा राजनीतिकरण र चलखेल भएको थियो । गणेशलाई पुरस्कार दिने समितिमा छलफल भएपछि भित्रभित्र छलफल र रणनीति बन्यो उनलाई पुरस्कार नदिने । त्यही रणनीतिका कारण आहुतिलाई भेट्न पुगे भगत सर्वजित विश्वकर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा सांसद छविलाल विश्वकर्मा । भगत सर्वजित विश्वकर्मा स्मृति प्रतिष्ठानले मोटामोटी निर्णय गरेका व्यक्तिहरुलाई पुरस्कार दिनु प्रतिष्ठानको दायित्व थियो । सोही निर्णय र दायित्वलाई प्रतिष्ठानले आत्मसात गर्नु कुनै नौलो कुरा भएन । नौलो कुरा त के भयो भने, अन्तरजातीय प्रेम विवाहको निहुँमा रुकुम पश्चितमा नवराज विक लगायतको छ जना युवाहरुलाई सामुहिक र सुनियोजित ढंगबाट गरिएको हत्याको विरोधमा नदेखिएका सत्तासिन दलका दलित नेताहरु भित्रभित्रै न्यायको हत्या गर्ने नवराज विकलाई पुरस्कार दिने कामदेखिसडक आन्दोलनलाई तुवाउने खेल समेत रच्न भ्याए ।

छविलालको प्रस्ताव : आहुतिको अस्वीकार

प्रतिनिधिसभा सदस्य तथा नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्मा र नेपाली दलित राजनीतिका वैचारिक नेता आहुतिबीच राजनीतिक पार्टी फरक फरक रहे पनि मिल्ने सार्थी हुन् । राजनीतिक घोचपेच चले पनि फोन संवाद, भेटघाट भने चलिरहन्छ । सडक आन्दोलनमा सत्तापक्ष दलित नेताहरुले सडक संघर्षमा आउन नसकेको भन्दै माइतीघरबाट निकै आक्रमक भाषण गरेका आहुतिले त्यसको दुई दिनपछि छविलाल विश्वकर्मा आहुतिलाई भेट्न पुगेका थिए । आन्दोलनको विषयमा कुराकानी गर्न भनिए पनि उनीहरुबीचमा खास कुरा भने भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारको विषयमा भएको थियो । छविलालले आहुतिलाई लेखन तथा अनुसन्धानतर्फ पुरस्कार लिन प्रस्ताव र आग्रह गरेका थिए । तर आहुतिले छविलालको प्रस्तावलाई ठाडै अस्वीकार गदै आफ्ना अझै समय रहेको भन्दै पुरस्कार नलिने वचन दिए । आहुतिले पुरस्कार लिने आशा लिएर गएका छविलाल विश्वकर्माको प्रस्ताव अस्वीकार भएपछि अरु पात्रहरु खोज्दै गर्दा प्रदेश २ का प्रमुख तिलक परियारको नाम सिफारिस गर्ने आफ्ना विश्वासशीला छनोट समितिका सदस्यलाई आदेश दिए ।

चिठ्ठामा प्रदेश प्रमुखलाई पुरस्कार

नेपाली दलित आन्दोलनका अगुवा तिलक परियार तत्कालिन माओवादी जनयुद्धमा होमिएका दलित नेता हुन । अन्तिम विधायक भएका परियार सत्तामा आफ्ना पार्टी पुगेपनि सत्तामा कहिल्यै पुग्न पाएनन् । सैदान्तिक बहस गर्ने रुचाउने परियार अहिले प्रदेश दुईका प्रदेश प्रमुख छन् । परियारलाई पुरस्कार दिनु आफैमा राम्रो निर्णय त हो नै, उनको योगदानको सोही मुल्यकन पनि हो । पुरस्कार उनले पाएको दुख होइन, तर अर्कोलाई प्रस्ताव गरेर अस्वीकार गरेको पुरस्कार गुटगत भागबन्डा मिलाउने र कसैलाई हुताएर अचानक परियारलाई पुरस्कार दिनु भनेको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारमै प्रश्नचिन्ह खडा गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank