चुनावमा धाँधली भए परिणाम अस्वीकार गर्ने केपी ओलीको चेतावनी

दलित अनलाइन माघ १८, २०८२

काठमाडौँ —   नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले निर्वाचनमा कसैलाई जिताउने र कसैलाई हराउने खेल खेले निर्वाचन परिणाम स्वीकार नगर्ने चेतावनी दिएका छन्।

शनिबार ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले चुनावको मुखमा प्रशासनिक हेरफेर गरेर धाँधलीको तयारी गरिरहेको आरोप लगाए।

उनले सरकार राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन लागिपरेकोतर्फ इंगित गर्दै सरकारको नियतमाथि प्रश्न उठाए। सरकारलाई कसैको पक्षधरता नदेखाउन ओलीले चेतावनी दिए।

Nic asia bank

‘यदि सरकार यसलाई जिताउने र उसलाई जिताउने भनेर लाग्छ भने, त्यस्तो निर्वाचन स्वीकार्य हुँदैन, त्यस्तो परिणाम स्वीकार्य हुँदैन,’ देशमा ठुलो अनिष्ट निम्त्याउने गरी निर्वाचनको नाटक नगर्न भन्दै ओलीले थपे, ‘सरकारको पक्षधरता कतैपट्टि हुने, कसैलाई जिताउने र कसैलाई हराउने खालका क्रियाकलाप भए भने त्यो भन्दा अनिष्ट केही हुँदैन।’

ओलीले निर्वाचनको मुखमा ठूलो संख्यामा कर्मचारी र प्रहरीको सरुवा गरिएको प्रति असन्तुष्टि पोखे। ओलीले प्रश्न गरे, ‘भइरहेका अधिकारीहरू हटाएर, समय नपुग्दै हटाएर अरू कर्मचारी पठाउनुको अर्थ के हो? के को अनुकूलता मिलाउन खोजिएको हो ?’

उनले सरकारलाई तटस्थ बस्न आग्रह गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनुपर्नेमा जोड दिए। उनले भने, ‘निर्वाचन गर्ने हो भने स्वतन्त्र निर्वाचन, धाँधलीरहित निर्वाचन, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank