महिला टी–२० विश्‍वकपको ग्लोबल छनोट : स्कटल्यान्डसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

दलित अनलाइन माघ १२, २०८२

काठमाडौँ — नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ।

टियू क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो।

स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ६८ रनमै अलआउट भयो। नेपालका लागि रोमा थापा र विन्दु रावलले समान १४ र रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कप्तान इन्दु बर्मा रिटायर्ड हर्ट भइन् । बलिङ स्कटल्याण्डकी अब्दह मक्सुदले सर्वाधिक ३ विकेट लिइन्।

Nic asia bank

त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

त्यसअघि पहिला ब्याटिङ गरेको स्कटल्याण्ड इनिङमा अन्तिम बलमा १४० रनमा अलआउट भएको थियो। उसका लागि प्रियांज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन्। उनले २८ ब ले लमा ७ चौका प्रहार गरिन्। यस्तै, अलिसा लिस्टरले २२, सारा बर्सीले १८ र रचेल स्लाटरले ११ रन बनाए

बलिङमा नेपालकी मनिषा उपाध्ययले सर्वाधिक ४ विकेट लिइन्। रुविना क्षेत्रीले ३, रिया शर्मा, सीता रानामगर र कविता जोशीले एकएक विकेट लिए।

समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन्। नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank