मुक्त हरवाचरवा जागरण अभियानले स्थानीय सरकार प्रमुखहरुलाई ज्ञापन पत्र बुझाउँदै

दलित अनलाईन २३ फाल्गुन २०८१, शुक्रबार १९:२७

काठमाडौं —  मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापनाको माग सहित शुरु भएको १ महिने जागरण अभियानले स्थानीय तह सरकारका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाउँदै न्यायिक पुनर्स्थापनाका लागि तत्काल पहल माग गरेको छ ।

 

मधेश प्रदेशका ८ जिल्लाका ३२ पालिकाहरुमा १ महिने जागरण अभियान फागुन१८ गतेबाट अभियान शुरु भएको हो । ‘मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार भन्ने मुल नाराका साथ १ महिने जागरण अभियान अन्तरगत पहिलो चरणमा विभिन्न माग राखी ३२ वटा मुक्त हरवाचरवा अधिकार मञ्चको अगुवाईमा स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउँदै आफुहरुको माग तत्काल सम्बोधन गर्न आग्रह समेत गरेका छन् ।

अभियान अन्तरगत (आज) रौतहट जिल्लाको कटहरिया नगरपालिकामा नन्दकिशोर पासवानकोको अध्यक्षतामा १३ सदस्यीय मुक्त हरवाचरवा अधिकार मञ्च गठन गरेको छ । उपाध्यक्ष शोभादेवी पासवान, सचिव निलम कुमारी राम, कोषाध्यक्ष ललिता देवी राम  र सहसचिवमा  सन्तोष राम चयन भएका छन् । त्यसैगरी मञ्चको सदस्यहरुमा बसमतियादेवी पासवान , सुगान्धीदेवी धन्धर, कवितादेवी मलडोम, रन्जु माँझी, परमिलादेवी पासवान, बबितादेवी राम, ललितादेवी पासवान र संगिता पासवान  रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank