रेशमप्रति रन्जिताको कटाक्ष : पारिवारिक जिम्मेवारी पूरा गर्न नसक्नेले सार्वजनिक जिम्मेवारी कसरी सम्हाल्ला ?

दलित अनलाइन माघ ६, २०८२

काठमाडौँ —   नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरीप्रति कडा प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमा छोरासँगको तस्बिर साँझा गर्दै पारिवारिक जिम्मेवारी पूरा गर्न नसक्ने व्यक्तिले सार्वजनिक पद सम्हाल्न सक्दैन भनेर प्रश्न गरेकी हुन्।

Nic asia bank

श्रेष्ठले आफ्नै छोरा बिरामी हुँदा अस्पतालमा भेट्न नआएको, बोलीमा स्पष्टता नदेखिएको र डर तथा बहानाको आडमा लुकेको आरोप लगाउँदै ‘यस्तो व्यक्तिले चुनाव जितेर के पाउँछ?’ भनेर प्रश्न गरिन्। घरभित्रको पीडा नदेख्ने आँखाले देशको दुःख नदेख्ने र परिवारको विश्वास जोगाउन नसक्ने हातले सार्वजनिक जिम्मेवारी सम्हाल्न नसक्ने उनको भनाइ छ।

उनले अन्त्यमा सत्ता जित्नु ठूलो कुरा नभई पहिले मान्छे बन्नु नै ठूलो कुरा भएको उल्लेख गरेकी छन्।

यस्तो छ उनको स्टाटस:

आफ्नै छोरा र श्रीमतीको जिम्मेवारी पूरा गर्न नसक्ने मान्छेले नजिकै हुँदा पनि बिरामी छोरालाई अस्पतालमा भेट्न नआउने, बोल्ने बेला बोलीको ठेगान नहुने, डर र बहानाको आडमा लुक्नेले चुनाव जितेर के पाउँछ? घरभित्रको पीडा नदेख्ने आँखाले देशको दुख कहाँ देख्ला? आफ्नै परिवारको विश्वास जोगाउन नसक्ने हातले सार्वजनिक जिम्मेवारी कसरी सम्हाल्ला? सत्ता जित्नु ठूलो कुरा होइन, पहिला मान्छे बन्नु ठूलो कुरा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank