काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरू सरकारले तोकेको मितिमा निर्वाचन गर्न तयार रहेको बताएका छन्।

बुधबार जनमत पार्टीकाे कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खरेलले चुनावको वातावरण तयार गर्न आफूहरूले मुख्य राजनीतिक दलहरूको पार्टी कार्यालयमै पुगेर छलफल गरिरहेको प्रस्ट पारे।
‘जति राजनीतिक दलहरूको पार्टी कार्यालयमा हामी गएका छौँ, चुनावका लागि वातावरण बनिसकेको र चुनावको लागि उहाँहरू तयार भएको सन्देश पाएका छौँ। त्यही रूपमा अब हामी सबै चुनावमा होमिनुपर्छ भन्ने हिसाबमा सरकार उत्साही भएर अघि बढेको छ,’ मन्त्री खरेलले भने।


























Leave a Reply