विभेद भोग्नेहरु खुलमखुल्ला आउनुहोस् : मानुषी

दलित अनलाईन २७ मंसिर २०७६, शुक्रबार ११:१८

काठमाडौं– समाजवादी पार्टीकी नेतृ तथा राजनीतिशास्त्रकी अध्येता मानुषी यमि भट्टराईले दलित दलितबीचमै फुटाउको राजनीतिक गर्न र दलित समुदायलाई एकीकृत हुनै नदिनका लागि जात व्यवस्थाले ठूलो भूमिका निर्वाह गरेको बताएकी छिन् ।
जातव्यवस्था र आन्तरिक विभेद : किन बाहुनले बाहुनलाई र दलितले दलितलाई भेदभाव गर्छन् ? भन्ने विषयक विहिबार मार्टिन चौतारीमा भएको बहसमा अध्येता यमिले दलितभित्रै फुटाउ गरी राजनीतिक स्वार्थले गर्दा आन्तरिक विभेदहरु मौलाउँदै गएको बताएकी हुन् ।
अध्येता मानुषी यमि भट्टराईले भनिन्,‘दलितभित्रको विभेद चाहि मैले बुझे तर यो बाहुन भित्रको लियरहरु चाहि बुझ्न कढिन छ,‘दलितको त नियोजित रुपमा त्यसलाई फुटाउन र एकीकृत हुन नदिई राज्यले नै नियोजित रुपमा ल्याएको त्यो व्यवस्था भन्ने बुझियो तर शासकवर्ग भित्रै, वर्णभित्रै त्यो विभाजन ल्याउनुले त्यो कस्को स्वार्थ पुर्ति भयो ?’
दलित भित्रकै विभेद त्रिभुवनविश्वविद्यालयको चौरमा आफुले देखेको अध्येता यमि भट्टराईले बताइन् । ‘आफनै दलित मित्रहरुको प्रेमकथा सुन्दा ,दर्जी साथीहरुको चाहि कामी साथीहरुसँग प्रेम पर्ने अनि त्यहाँ समस्या हुने मैले देखेँ , त्यो पनि मेरो लागि नौलो चीज थियो । यसरी हाम्रो नेपाली समाजमा जीवनका हरेक तहमा, यो जात व्यवस्थाले हामी कसरी चाहि यसमा अड्किएका रहेछौं भन्ने अनुभुति गरे ।’

विहिबार मार्टिन चौतारीमा भएकाे बहसमा अध्येता मानुषी यमि भट्टराईले राखेको विचार जस्ताको तस्तै 

म चाहि खास जात व्यवस्थाको बारेमा बुझन चाहने, सुन्न चाहने,पढ्न चाहने इच्छुक मान्छे हो । बोल्न चाहि त्यति इच्छुक मान्छे होइन तर यहाँ आउदै गर्दा भनिरहँदा चाहि यो विषयमा– किन नबोल्ने ? दलितहरुले मात्र बोल्नुपर्ने ? लेख्नुपर्ने ? कराउनुपर्ने हो र ? जात व्यवस्थाको त म आफै पनि एउटा अभिन्न अंग हो । दलित भन्ने शब्द आफैमा एउटा रिलेटिभ कन्सेप्ट हो । कोही गैरदलित छ र त कोही दलित बनाइएको छ । कसैलाई तथाकथित उच्च जातको भन्नु छ र त कसैलाई तथाकथित तल्लो जातको बनाइएको छ । त्यसैले हामीले पनि बोल्नुपर्छ, मैले पनि बोल्नुपर्छ भन्ने लागेर अलिकति किताब केन्द्रित कुरा र अलिकति आफनो अनुभवजन्य कुराहरु र संगसंगै मेरो अध्ययन पनि राजनीतिशास्त्र, अनि मैले काम पनि राजनीतिक केन्द्रित नै भएको हुनाले म कहाँ उभिएर यो किताब पढे , बुझने भन्ने विषय प्रवेश गर्ने भन्ने पृष्ठभुमि राख्न खोजेको हो ।

मेरो पारिवारिक हिसाबले पनि मैले जातव्यवस्थालाई बुझेको चाहि दलित गैरदलित भन्दा पनि दलितभित्रकै जुन विभेद थियो । जातिय विवाह मेरो अभिभावकले गर्नुभएको । बाहुन र नेवारले गर्नुभएको विवाहबाट म जन्मेको सन्तान । त्यसमा पनि बाल्यकालमा मैले पहिलोपटक सुनेको , मैले धेरै त भोग्नुपरेन तर सुन्दा खेरी नै धेरै विचित्रको लाग्ने, बाहुनभित्र पनि हामी जैसी बाहुन रे भनेर कालान्तरमा बुझे । किन भन्दा हाम्रो पुर्खाले चाहि हजुरबुबा भन्दा नी हजुरबुबा ले चाहि विवाह छिनिसकिएको तर विवाह हुनुभन्दा अघि नै मृत्यु भइसकेको बालिकासँग चाहि विवाह गरेको हुनाले त्यो उपाध्याय बाहुनबाट झरेर जैसी बाहुन भएको भन्ने सुन्दा नै अनौठो लाग्ने ,म काठमाडौमै जन्मेको हुर्केको मान्छेलाई । तर सबैभन्दा बढि म ठोकिएको चाहि युद्धकालमा । मेरो नाम मानुषी सिंह राख्नुपर्ने छ । त्यतिबेला थर के राख्ने भन्ने थियो । नेपालमा यता उता आवत जावत गरिराख्नुपर्ने , वारपार गरिराख्नुपर्ने । समाजमा थरको धेरै नै चासो हुन्छ मान्छेलाई । सबैभन्दा प्रचलित भनेको शर्मा हो । तर सिंह राख्दा चाहि यता पटि नेवार जस्तो पनि , उता ठकुरी जस्तो पनि देखिने भएर म त्यतिबेला अस्मिता सिंह हुन पुगे । पेदोङ भन्ने ठाउँमा म आठ कक्षामा भर्ना हुन गएँ । त्यतिबेला माओवादीकै एक नेताले तिमिले सिंह त राखेका रहेछौ । पेदोङ भनेको दार्जिलिङ , कालिङपोङ भन्ने ठाउँमा चाहि सिंह भन्ने बित्तिकै दलित बुझछन् है भन्नुभयो र यहाँ तिमीले बुबा पन्जावी र आमा नेपाली मुलको हो भन्नु भयो । त्यो कुरा पनि मलाई त्यहाँ विचित्रको लागेको थियो ।

किन नबोल्ने ? दलितहरुले मात्र बोल्नुपर्ने ? लेख्नुपर्ने ? कराउनुपर्ने हो र ? जात व्यवस्थाको त म आफै पनि एउटा अभिन्न अंग हो । दलित भन्ने शब्द आफैमा एउटा रिलेटिभ कन्सेप्ट हो । कोही गैरदलित छ र त कोही दलित बनाइएको छ । कसैलाई तथाकथित उच्च जातको भन्नु छ र त कसैलाई तथाकथित तल्लो जातको बनाइएको छ ।

 

प्रत्यक्ष रुपमा दलित हुनुको अर्थ के रहेछ साइकोलोजीकल पनि र भौतिक रुपमा मैले त्यस्तो खेप्नु परेन तर यस्तो नपरोस् भनेर नै मलाई सचेत बनाइएको थियो । पछि माओवादी आन्दोलनसंग जोडिएर कतिपय कुराहरु सुन्ने , पढ्ने मौका प्राप्त भयो । सैद्धान्तिक रुपमा मैले पढ्न पाएको चाहि ब्याचलरमा हो , पोल्टिकल साइन्समा । त्यसमा दलित पोल्टिकल भन्ने एउटा पेपर र वीमेनको बारेमा पढीएको थियो । त्यसमा पनि दलित भित्र पनि विभेद र दलित महिलाहरुमाथि हुने विभेदको बारेमा अलिकति साक्षर हुने मौका प्राप्त भयो । अझ जीवन्त रुपमा , प्रत्यक्ष रुपमा दलित भित्रको विभेदको बारेमा मेरो आफनो सुरुवाती कुरा राख्न चाहन्छु । दलित भित्रकै विभेद चाहि त्रिभुवनविश्वविद्यालयको चौरमा मैले देखेँ ।

आफनै दलित मित्रहरुको प्रेमकथा सुन्दा ,दर्जी साथीहरुको चाहि कामी साथीहरुसंग प्रेम पर्ने अनि त्यहाँ समस्या हुने मैले देखेँ । त्यो पनि मेरो लागि नौलो चीज थियो । यसरी हाम्रो नेपाली समाजमा जीवनका हरेक तहमा, यो जात व्यवस्थाले हामी कसरी चाहि यसमा अड्किएका रहेछौं भन्ने अनुभुति गरे । पछिल्लो कालखण्डमा राजनीतिमा अलि बढि सक्रिय भइरहदा जब दलितहरुको भ्रातृसंगठन बनाइन्छ त्यहा भित्रको अन्र्तसंघर्ष र पार्टीभित्रको पनि अन्र्तसंघर्ष त्यहा पनि दलितहरुको कित्ताकाट हुन्थ्यो त्यो पनि वैचारिक रुपमा नभएर दलितभित्रको कुन जातमा परिन्छ भन्नेमा गुट उपगुट हुन्छ त्यो देख्दा चिन्ता र रोचक पनि लाग्यो र पछिल्लो कडीमा लोकसेवा आयोगको आन्दोलन सम्म जोडिन पुग्दा त्यहा पनि दलित र गैरदलितबीचको सम्बन्ध हेर्दा , अलिकति उत्पीडित हरुको आवाज आउन थाल्यो र अझ बढि चाहि जातीय रुपमा हैन की वर्गीय रुपमा पनि बाहिर आउन थाल्यो । लोकसेवाको कुरा हेर्दा आरक्षणको कुरा आउन थाल्यो । यसमा पनि आरक्षणमा वास्तविक रुपमा कहाँ दलितले पाएका छन् , कहाँ महिलाले पाएका छन् र भन्दै त्यहाँ भित्र पनि वर्गीय रुपमा यस्ता कुराहरु आइसक्यो भन्दै यो किताबको महत्व बढाएको छ र यही बेला चाहि यो किताब मैले पढ्न पाउनु मेरो हातमा पर्नू मेरो लागि निकै महत्वपूर्ण भयो ।

दलितको त नियोजित रुपमा त्यसलाई फुटाउ र राज गर्नको निम्ति, एकीकृत हुन नदिनको निम्ति , विद्रोह नगरोस् भनेर राज्यले नै नियोजित रुपमा ल्याएको त्यो व्यवस्था भन्ने बुझियो तर शासकवर्ग भित्रै , वर्णभित्रै त्यो विभाजन ल्याउनुले त्यो कस्को स्वार्थ पुर्ति भयो ?

यो किताबमा मलाई मन परेको कुरा कुनैपनि सिद्धान्तलाई लाई पुष्टि गर्नलाई लजिकहरु राख्नुभएको छैन । उहाले चाहि समस्यालाई नै केन्द्रविन्दुमा राखेर निकै फलेक्जिबल तरिकाले वैचारिक तरिकाले, राजनीतिक तरिकाले ,सांस्कृतिक रुपले, आर्थिक रुपले गर्नुपर्ने कार्यहरुलाई बाहिर ल्याउनुभएको छ साथै कर्पोरेट दायित्वको कुरा पनि ल्याउनुभयो जुन कुरा मलाई पढ्दा अनौठो लागेको थियो । उहाले सिद्धान्तलाई पुष्टि गर्न होइन की समस्यालाई किटान गरेर समाधानतर्फ जानको लागि के के गर्नसक्छौ भनेर हामीलाई थुप्रै आयामहरु प्रस्तुत गर्नुभएको मलाई यो किताबको एकदमै मन परेको पाटो हो । साथै उहाँले दलित भित्रको विभेदको कुरा अलि बढि गर्नुभयो । त्यो बुझन पनि मलाई अलि सजिलो भयो । अलि अलि अनुमान थियो, किताबबाट झन् प्रष्ट भयो ।

यो त जातव्यवस्थाले नै लादिएको हो, यो बाइ च्वाइस दलितहरुले निर्धारण गरेको होइन की त्यो चाहि अभ्यास गर्न लगाइएको । कानुनको आडमा राजनीतिक उद्देश्य सहित यो सांस्कृतिक विभेद हो । दलितहरु भित्र भएको जुन विभेद छ त्यो चाहि सांस्कृतिक विभेद बढि हो भन्नुभएको हो । त्यसलाई चाहि अझै ब्याख्या, विश्लेषण गर्नुपर्ने होकी ,अझै गृहकार्य गर्न बाकी छ की भन्ने मलाई लाग्छ । समस्या किटानमा अर्मुत भयो भने समाधानतर्फ जानको लागि केही समस्याहरु बाकि रहन्छन् । त्यसैले यो बढी चाहि सांस्कृतिक नै हो , जातीय पनि होइन , धार्मिक विभेद पनि होइन र किटान चाहि सांस्कृतिक विभेद भन्नुभएको छ त्यसमा अझ थप विश्लेषण तपाइले गरदिनुभयो भने मलाई बmुभन अझ सजिलो हुने थियो । किनभने जस्तै भारतमा धेरै दलितहरु एकजुट भएर पोलिटिकल्ली नै इलोक्ट्रोल भएर संसदमा गएको चाहि धेरै हो । त्यहा चाहि लिगल्ली कानुनी रुपमा त्यसलाई कोडीफाइ नगरेपनि बाध्यकारी नबनाएपनि त्यहा दलितहरुको बीचमा त निकै विभेद छ । त्यसको फाइदा पछिल्लो चरणमा विजेपीले उठाएको छ ।

समग्र दलितहरुको भोट १२ हुदै २४ हुदै अहिले त ३३ पुरायो चुनावमा । उसले दलितहरुभित्रै खेलेर त्यो जीत हासिल गर्यो भन्ने पनि छ । कानुनी रुपमा कोेडीफाई नगर्दा पनि त्यो विभेदले यस्तो भयंकर राजनीति लिएको छ की यसलाई चाहि सांस्कृतिक विभेद मात्र भन्न मिल्छ की मिल्दैन । अझै अरु जटिलताहरु पनि छन् की भन्ने कता कता मलाई लागेको हो । मेरो बढि रुचि चाहि जस्तै इन्डियामा चाहि यसले भयानक रुप लियो । दलितहरुभित्रको आन्तरिक विभेदलाई पार्टीहरुले मात्र नभई हिन्दु पार्टीहरु, हिन्दु राष्टवादी विचारबाट प्रेरित, त्यो लागु गर्न खोज्ने ,लाद्न खोज्ने पार्टीले नै यसको फाइदा लिनु भनेको यो ठुलो चुनौती हो हाम्रो निम्ति । अब नेपालमा हुबहु त्यसरी आउला जस्तो मलाई लाग्दैन । तर पनि हामीले बेलैमा पाठ सिक्नुपर्ने कुन कुन ठाउँ होला जस्तो मलाई लाग्छ । र अर्को मलाई राम्रो लागेको यो किताबमा प्रष्टै भन्नुभएको छ की सबै समुदायभित्र विभेद छ ,त्यो विभेदलाई चाहि हामीले ढाकछोप गरेर होइन,यो गौण कुरा हो त्यसलाई लुकाएर होइन की जति खुल्ला रुपमा हामीले समस्याको बहस गर्यौं, त्यति बढि हामी लोकतान्त्रिक हुन्छौ । यो समस्याको समाधान गर्न सक्छौ भन्ने कुरा मन पर्यो ।

अब लास्टमा भन्नुपर्दा गैरदलित र दलित भित्रको विभेद चाहि जातीय विभेद नै हो । उहाँले यहाँ केन्द्रित गर्नुभएको छ । सुरुमा त मलाई यहाँ लैगिंक र वर्गीय विभेद हो की भन्ने लागेको थियो तर योकिताबमा यसबारेमा त्यति समावेश छैन यसको बारेमा । केहि कुराहरुमा छुनु मात्र भएको छ । तर मुलत यो किताब जातीय विभेद दलित र गैरदलित बीच मा नै केन्द्रित हो । अन्त्यमा यसमा दलितभित्रको विभेद चाहि मैले बुझे तर यो बाहुन भित्र चाहि लियरहरु सिर्जना गर्ने यो के कारणले होला ? दलितको त नियोजित रुपमा त्यसलाई फुटाउ र राज गर्नको निम्ति, एकीकृत हुन नदिनको निम्ति , विद्रोह नगरोस् भनेर राज्यले नै नियोजित रुपमा ल्याएको त्यो व्यवस्था भन्ने बुझियो तर शासकवर्ग भित्रै , वर्णभित्रै त्यो विभाजन ल्याउनुले त्यो कस्को स्वार्थ पुर्ति भयो ? त्यो उपाध्याय र जैसी टुक्राउनु ले आखिर कसलाई फाइदा भयो र त्यो पछाडिको लजिक के होला भन्ने चीज जान्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank