राष्ट्रिय सभा सदस्य रामपृत पासवान पंचायतमै पिटिए

दलित अनलाईन ३० कार्तिक २०७५, शुक्रबार २०:५८

सुनील ठाकुर

मलंगवा – राष्ट्रिय सभा सदस्य रामपृत पासवानमाथि कुटपिट भएको छ। शुक्रबार आफ्नै गाउँमा पंचायत भइरहेको समयमा केही गाउँलेले पासवानलाई कुटेका हुन्। कुटपिटबाट पासवानको टाउको र अनुहारमा चोट लागेको छ।

कविलासी नगरपालिका–६ मदनपुरमा गाउँमा पंचायत भइरहेको समयमा केही व्यक्तिले आफूमाथि आक्रमण गरेको सदस्य पासवानले बताए। ‘मलंगवा आउँदै गरेको समयमा पंचायत भइरहेको थियो। गाउँलेले छलफलमा एकछिन बस्नका आग्रह गरे’, उनले भने। छलफलकै क्रममा स्थानीय वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश राय लगायत ७ जनाले एक्कासी कुटपिट गरेको पासवानले बताए।

छलफलमा आफूले बोल्ने बित्तिकै उनीहरुले मुक्का र हेलमेटले पिट्न थालेको पासवानको भनाइ छ। ‘गाउँलेले मलाई नभगाएके भए ज्यानै लिन्थे’, पासवानले भने, ‘आज यसलाई सिध्याउनु पर्छ भनेर आक्रमण गरेका थिए, गाउँलेहरुले मलाई जोगाए।’

हेलमेटको प्रहारबाट टाउकोमा चोट लागेको छ। जिल्ला अस्पतालमा उपचार गराएर उनी अहिले घर फर्किएका छन्।

कुटपिटबाट घाइते भएका पासवानले प्रहरीमा जानकारी गराए लगतै घटनास्थल पुगेका प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामप्रसाद राय रहेको प्रहरीले जनाएको छ।

अहिलेसम्म लिखित जाहेरी नआएको प्रहरीले जनाएको छ। मौखिक जानकारी हुने बित्तिकै घटनास्थलमा पुगेर रामप्रसाद रायलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

नयाँ नियममा जाहेरी दिनका लागि आमाको नाम पनि चाहिने भएकाले शनिबार आमाको नामसहितको जाहेरी दिने सदस्य पासवानले बताएका छन्। पासवान संघिय समाजवादी फोरम नेपालबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank