३६ मत, को-को हुन् अनुपस्थित ? (नामसहित)

दलित अनलाइन पुस ३, २०८२

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ।

कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको छ भने ३६ मत खसेन। ३६ जना विभिन्न कारण उपस्थित हुन नसकेको एमाले केन्द्रीय निर्वाचन आयोग कार्यालयले जनाएको छ।

Nic asia bank

एमाले महाधिवेशनमा मत नहाल्ने प्रतिनिधिहरूमा मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवशी। यस्तै, अनुशासन आयोगबाट पोष्टकुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी, प्रदीप प्याकुरेल (सुशील)। पार्टी निर्वाचन आयोगबाट समिर नेपाल, रचना राजोपाध्याय। लेखा आयोगबाट अशोक केसी, विभिन्न विभागबाट धनश्याम कोइराला, संजीव रोकाहाले मत दिएनन्।

यसैगरी, महाधिवेशन प्रतिनिधिबाट कृष्णमाया भुजेल (झापा), लक्ष्मी यादव (बारा), शत्रुधनप्रसाद सिंह (सिरहा), राजेन्द्रप्रसाद यादव (पर्सा), अशु आनन्द (पर्सा), मनोजकुमार गुप्ता (पर्सा), विजय कापर (सप्तरी), जितेन्द्र चौधरी (महोत्तरी), दानबहादुर बिक, बब्लु शिवाकोटी, सिर्जना नेपाली (प्रवास), अशिम कोइराला, दिनेश बास्तोला, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोख्रेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल, गोमा नेपाली रहेको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank