नृप वडको पराजयमा हामी खुशी हुने की दुखी ?

हिरा विश्वकर्मा १६ जेष्ठ २०७९, सोमबार २१:५२

करिव १ वर्ष अगाडि धनगढी उपमहानगरपालिकाका तत्कालिन मेयर नृप वडले एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए । वर्षातको वेला धनगढीका विभिन्न वडाहरुमा पानी जम्ने समस्या आम समस्या हो । यस्तै कुनै वडामा नाला जाम भएको देखे पछि उनी आफै ओर्लिएर त्यो नाला सफा गर्न थाले । उनले सफा गर्दै गर्दा उनको ड्राईभर पनि आएर सघाएको देखिएन, संभवतः उनको पिएले सो भिडियो सुट गर्दै थियो होला । सो नाला सफा गर्दै गर्दा केही स्थानीयहरु पनि ओहोर दोहोर गरेको दृश्य पनि देखिन्थ्यो । केही समयको प्रयास पछि त्यो नाला सफा भयो। यो दृश्यले दुईटा प्रश्न जन्माएको थियो, नगर पिता भएको कारणले आफ्नो नगर भित्र यस्ता समस्याहरुको निराकरणमा आफै खटिनु अरुका लागि पनि उदाहरणीय हुन्छ । तर उनले काम गर्दै गर्दा नतः स्थानीयले सहयोग गर्नु नतः उनको पालिकाको ढल सफा गर्ने संयन्त्रले काम गर्नु लाई एउटा व्यवस्थापकीय दृष्टिकोण वाट उचित ठहर्याउन मिल्दैन । उनी एकदम सर्वपृय नेता भएको भए मेयर जस्तो मान्छे आफै नाला सफा गर्दा वरिपरिका अरु आएर पनि सघाउनु पर्ने हो, यस्तो भएको भए उनको लोकपृयता तथा उच्चस्तरीय नेतृत्व झल्किन्थ्यो । वर्षातको वेलामा हुने यस्तो दैनिक समस्या सम्वोधन गर्नको लागि उनको संयन्त्र चुस्त दुरुस्त भएको भए उनी आफै खटिनु पनि पर्दैनथ्यो । यसले उनको व्यवस्थापकीय कमजोरीको उजागर गरेको थियो ।

उनी मेयर चुनिएको दोश्रो वर्ष उनले उपमहानगरपालिकाहरु मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गरे यसले उनको कार्यसम्पादन मेयरको हिसावले राम्रो थियो भन्न कर लाग्छ । दुई वर्षसम्म चलेको कोरोनाको महामारीको वेलामा पनि उनले निकै धेरै काम गरेका थिए र नगरवासीलाई राहत वितरण गरेका थिए । एकातर्फ उत्कृष्ट मेयरको सम्मान पाउनु र अर्को तर्फ आपत विपत्को वेलामा पनि जनताको सेवा गरेका व्यक्ति त्यस्तै उनले सार्वजनिक गरेको आफ्नो कार्य सम्पादनको सूचीमा पनि भौतिक पूर्वाधारको क्षेत्रमा प्रसस्तै काम गरेको देखिन्छ । उनको राजनैतिक पृष्ठभूमी र पार्टिमा खेलेको भूमिका हेर्दा पनि त्यो अव्वलनै ठहर्छ, किनभने उनी पहिले कांग्रेसको धनगढी नगर कमिटिको अध्यक्ष थिए र हाल नेपाली कांग्रेसको केन्द्रीय समितिको सदस्य, देउवाका पृय पात्र तथा आरजु राणाका चुनावी सारथी यि सवै पृष्ठभूमीका वावजुद नृप वड मेयरको दोश्रो चुनावमा एउटा स्वतन्त्र उम्मेदवारसंग पहिले उनलाई ३ सय भन्दा कम भोटले हरायकामा यस पछि उनीसंंग १२ हजार भन्दा वढि भोटले किन हारे यो गंभीर चर्चाको विषय भएको छ ।

उनको हार हुनुमा तीनवटा कुराहरु महत्वपूर्ण रुपमा देखिएको छ । पहिलो उनमा आएको दम्भ जस्ले उनलाई आफ्ना अत्यन्त हितैशी तथा पार्टी भन्दा बाहिरका सहकर्मीहरुसँग अलग गर्यो । दोश्रो एउटा सम्मानित तथा नेतृत्वदायी ठाउँमा पुगेको दलितलाई दिनु पर्ने सम्मानबाट सुदुर पश्चिम जस्तो जातीय भेदभावको राजधानी भएको ठाउँमा गैर दलितहरुले उनी विरुद्ध गरेको मोर्चा बन्दी । तेश्रो उनलाई पार्टी लाईनभन्दा माथि उठेर मत दिएका दलित मतदाताहरुलाई पुरै बेवास्ता । उनी हारे, कुनै पनि प्रतिस्पर्धामा उत्रिय पछि हार्नु र जित्नु भनेको त्यो प्रतिस्पर्धाको नियम हो । जित्ने अपेक्षा गर्दा गर्दै पनि उनी हारे, यो खास गरि दलितका लागि खुशी हुनु पर्ने की दुखी हुनु पर्ने विषय हो भन्ने विषयमा केही चर्चा गरिने छ ।

 

करिब ४ हजार वर्षको मानव ईतिहासमा दलितलाई सधै सेवक र दासको रुपमा व्यवहार गरियो र उसलाई सधै सेवक र दासकै रुपमा राखि राख्नको लागि जातीय व्यवस्थाको निर्माण गरियो आज भन्दा करीव २२ सय वर्ष पहिले हिन्दु धर्मभित्र मनुस्मृति ल्याईयो त्यसले त दलितलाई मान्छेको रुपमा पनि स्वीकार गर्दैन । त्यहि मनुस्मृतिकै व्यवस्थावाट पृष्ठपोषित नेपाली समाजले शासन गर्ने ठाउँमा पुग्ने कल्पना प्रजातन्त्रको स्थापना नहुंदा सम्म कल्पना सम्म गर्न सक्दैनथ्यो । नेपालको जुनसुकै राजनैतिक परिवर्तमा दलितहरुको पनि उत्तिकै योगदान हुंदा हुंदै पनि जव शासन सत्तामा पुर्याउने कुरा हुन्थ्यो त्यति वेला अनेक जालझेल गरेर दलितलाई त्यसवाट टाढा राख्ने परिपाटी त अहिले सम्म पनि विद्यमान छ । नृप वढको सन्दर्भमा धनगढी जस्तो ठाउँमा २०७४ को चुनावमा नेपाली कांग्रेस देशभर हारि रहेको अवस्थामा समेत उनलाई मेयर बनाईयो, तर त्यहाँको पहाडवाट झरेको डोटेली तथा अछामेली समाजले उनलाई शासकको रुपमा स्वीकार गर्न सकेन । मेयरको रुपमा राम्रै काम गरेका र देउवा तथा आरजुका अत्यन्त निकट भएको कारणले गर्दा उनले टिकट त सजिलै पाए, तर त्यसलाई जिताउन नतः कांग्रेस कार्यकता लागे नतः गठवन्धनका अन्य नेता । सुन्नमा आए अनुसार एउटा दलितलाई कति नमस्कार गर्ने भन्ने मानसिकताले काम गरेको हुँदा उनलाई जिताउन लाग्नु पर्ने गठबन्धन उनलाई हराउन लागे । त्यसको फलस्वरुप अपेक्षाकृत राम्रो काम गरेका मेयर तथा अध्यक्षहरु देशभर पुनः निर्वाचित भईरहेको अवस्थामा उनी हारे ।

एकजना निकै संभावना बोकेका दलितले शासकीय पद गुमाए त्यसमा आम दलितले दुःख त मान्ने पर्छ तर शासनमा बसेर आफ्ना समुदायको हितमा खासै केही नगर्ने दलितलाई किन भोट दिने भन्ने पनि कुरा आउँछ । उनको हारवाट अन्य दलित नेताहरुले पनि आफ्ना समुदायको हितमा सिन्को पनि भाँचेनन भने आगामी चुनावमा दलितले पनि भोट हाल्दैनन भन्ने वुझ्नु जरुरी छ ।

 

एउटा दलित भएकै आधारमा उनी हारेको हुँदा निश्चय पनि आम दलित समुदायले यसमा दुःख मनाउ गर्नु पर्छ तर उनले दलितका लागि सम्झिन लायक केही काम गरे भन्ने कुराको पनि चर्चा गर्नु पर्दछ । एकजना राष्ट्रिय स्तरकै संगठनका दलित नेताले उनको वारेमा टिप्पणी गर्दै भने, आम जनताको हित गर्ने काम गर्नुको सट्टा सधै पार्टीको हनुमान भएर काम गरे । सुदुर पश्चिमका तराईका जिल्लाहरुमा जति पनि दलित समुदायहरु बसाई सराई गरेर आएका छन् अधिकांश उनीहरु सुकुम्वासी छन् र जस्को घरवार छ उनीहरुको वस्ने सामान्य झोपडी वाहेक केही छैन । त्यसको राम्रो उदाहरण सुदुर पश्चिमकै नेपाल आईडल सिजन दुईका विजेता रवि ओढको घरवाट थाहा हुन्छ । उनको वावु गुजराजमा चौकी दारी काम गर्थे भने उनकी सौतेनी आमा र उनी एउटा सामान्य खपडाले छाएको एकतले घरमा वस्थे । पुरै सुदुर पश्चिममा दलितको जनसंख्या १५ प्रतिशत छ भने धनगढिमा १८ प्रतिशत दलितको जनसंख्या रहेको छ । त्यहाँ ९३ हजार मतदाता रहेकामा त्यस मध्ये १७ हजार मतदात दलित रहेका छन् त्यस मध्ये ६० प्रतिशतले मतदान गर्छन भन्ने अनुमान लगाउंदा यो संख्या १० हजार हुन्छ । यो मत कुनै उम्मेदवारलाई हराउन वा जिताउन निर्णायक हुनेमा शंका छैन ।

 

पहिलेको चुनावमा नृपले दलितको मत धेरै पाएका थिए तर यसपाली उनलाई सवै दलितले मत राखेनन, यसमा अधिकांश सुकुम्वासी तथा आर्थिक स्थिति कमजोर भएको जीविकोपार्जनका लागि यात भारत या नेपालमै श्रम वेच्न वाध्य यी जनताका लागि वढले आफ्नो कार्यकालमा उनीहरुलाई सम्वोधन गर्ने कुनै उल्लेखनीय काम गरेको देखिएन। सेतोपाटिले गरेको एउटा सर्वेक्षणमा एकजना दलित निम्नवर्गीय मतदाताले जवाफमा स्पष्ट भनेकी छन् पहिले त नृपलाई भोट हालिएको थियो तर यस पाली कस्लाई हाल्ने थाहा छैन । अर्को तर्फ हालका मेयर गोपाल हमालको आर्थिक पृष्ठभूमी त हामीले थाहा पाएको कुरा हो । जानकारीमा आए अनुसार उनको धनगढि तथा आसपासका क्षेत्रमा १६ वटा उद्योग र व्यवसाय रहेका छन् त्यसमा ठूलो संख्यामा उनले स्थानीय थारु तथा केही दलितलाई पनि रोजगारी दिएका छन् । एका तर्फ एकजना दलित समुदायको मेयरले दलितलाई केही पनि नगर्ने अर्को तर्फ मेयरका प्रत्यासीले दलितलाई समेत रोजगारी दिनुमा निश्चय पनि ठूलो संख्याका दलितले पनि हमाललाई भोट हालेको मान्न सकिन्छ ।

एकजना निकै संभावना बोकेका दलितले शासकीय पद गुमाए त्यसमा आम दलितले दुःख त मान्ने पर्छ तर शासनमा बसेर आफ्ना समुदायको हितमा खासै केही नगर्ने दलितलाई किन भोट दिने भन्ने पनि कुरा आउँछ । उनको हारवाट अन्य दलित नेताहरुले पनि आफ्ना समुदायको हितमा सिन्को पनि भाँचेनन भने आगामी चुनावमा दलितले पनि भोट हाल्दैनन भन्ने वुझ्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank