प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

दलित अनलाइन कार्तिक २८, २०८२

काठमाडौँ — निर्वाचन  आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ  ।  आयोगले आज सूचना जारी गरी प्रतिनिधिसभाका लागि मंसिर १-१० र राष्ट्रिय सभाका लागि मंसिर १-७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।

आयोगको सूचनामा भनिएको छ, निर्वाचनमा भाग लिन चाहने दलले केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजातसहित आयोगमा निवेदन पेस गर्न अनुरोध गर्दछौँ ।

Shivam Cement

प्रतिनिधिसभा निर्वाचनका लागि दुई वा दुईभन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि सोही निवेदनको साथमा बुझाउनुपर्ने आयोगले जनाएको छ । सूचनामा उल्लेख छ, दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिह्नको नमुना र सोको विद्युतीय प्रति पनि पेस गर्न अनुरोध छ ।

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा रिक्त हुने एकतिहाइ सदस्यका लागि माघ ११ र प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते चुनाव तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank