जातीय विभेद र छुवाछूत अन्त्यको पदयात्रा दोधारा चाँदनीबाट सुरु

दलित अनलाईन ३ चैत्र २०७५, आईतवार २३:५४

महाकाली–जातीय विभेद र छुवाछूतको व्यवाहारिक रुपमै अन्त्य गरौँ भन्ने मूल सहित महाकाली–मेची पदयात्रा महाकाली नगरपालिकाको दोधारा चाँदनी बाट सुरु भएको छ ।
महाकाली नगरपालिकाका मेयर र उपमेयरसँग अधिकारकर्मीहरु बाट पदयात्रीले टिका र खादा लगाएर महाकाली– मेची पदयात्रा सुरु भएको हो ।
जातीय छुवाछूतको व्यवाहरिक अन्त्यको लागि महाकानलीबाट सुरु भएको यस पदयात्राले दलित र गैरदलित समुदायको बीचमा सकारत्मक सन्र्दश दिने र महत्वपूर्ण भूमिका खेल्ने महाकाली नगरपालिकाका मेयर विरबहादुर सुनारले बताए । हामीहरु निकै खुशी छौं,महाकालीबाट छुवाछूतको अन्त्यको सन्र्देश बोकेर मेची पुग्नुहोला उनले भने,‘मेरो पूर्ण प्रतिबद्धता छ ।’

 

जातीय छुवाछूतको अन्त्य पदयात्रा गर्ने आफुहरुको नगरपालिकाबाटै सुरु गरेकोमा खुशी व्यक्त गदै उपमेयर चिनीगिरी ओझाले पदयात्राले लिएको उद्देश्य सफल हुने दावी गरिनन् । ओझाले महाकाली मेची पदयात्रा स्थानीयहरुको सहयोगमा चल्नुपर्ने भन्दै १ हजार १ सय ५१ दिएर पदयात्रा पूर्ण रुपमा सफल हुने बताइन् ।
महाकाली–मेची पदयात्रामा सामाजिक अभियन्तहरु होमराज आर्चाय, रिता परियार र अशोक दर्नाल छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank