अष्टलक्ष्मी शाक्यको प्रश्न– केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?

दलित अनलाइन मंसिर २३, २०८२

काठमाडौँ —  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रका पटक–पटक प्रधानमन्त्री भइसकेका ओलीले महिलाहरुप्रति अपमान गर्ने गरेको बताएकी छन्।

मंगलबार नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा महिला नेतृहरुको अन्तर संवाद कार्यक्रममा बोल्दै ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे प्रयोग गरेको शब्द चयन अनुचित भएको उनले बताएकी हुन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको पटक पटक प्रधानमन्त्री भएका हाम्रो अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति, देशको संरक्षक, संविधानको संरक्षक विद्यादेवी भण्डारीलाई गरेको सम्मान यही हो ? धामी–झाँक्री भनेको के हो? यस्तो अपमान गर्न पाइन्छ?’ उनले भनिन्, ‘महिलालाई अपमानित गर्ने व्यवहार नेतृत्वलाई सुहाउने कुरा होइन,’ उनले भनिन्।

Shivam Cement

‘एउटा सामान्य महिलालाई त पाइदैन भने पूर्वराष्ट्रपति भएको महिलालाई अपमान गर्न यो नेतृत्वलाई सुहाउँदैन । तर गर्नुहुन्छ कसले भने केपी कमरेडले गर्नुहुन्छ । किनभने उहाँमा सोच नै छैन। महिलाप्रति हेर्न दृष्किोण नै छैन। महिलालाई अपमान गरेको गर्यौ छ,’ उनले थप भनिन्।

पछिल्ला चार वर्षदेखि एमालेको केन्द्रिय सदस्यको रूपमा निरन्तर सक्रिय रहँदै आएकी उषाकिरण तिमल्सिनाले पार्टीभित्र अभिव्यक्ति तथा सहभागिताको मौलिक अधिकारमाथि प्रश्न उठाएकी छन्।

उनले केन्द्रिय समितिका बैठकहरु मात्र केही नेताहरुको मनपरी बोल्ने स्थान बनेको गम्भीर आरोप पनि लगाएकी छिन्। उनले भनिन्, ‘म विगत चार वर्ष केन्द्रिय सदस्य हुँदा पार्टीभित्र बोल्न पाएको समय जम्मा ६ मिनेट हो। दुई चोटीको बैठकमा एक पटक तीन मिनेट र अर्को पटक तीन मिनेट।’

उनले लोकतन्त्र र गणतन्त्रमा पार्टीभित्र बोल्ने ठाँउ नै नहुने भन्दै यसमा परिवर्तन गर्न जरुरी रहेको बताइन्। उनले थप अगाडि भनिन्, ‘हामीले ल्याएको लोकतन्त्र, गणतन्त्र त्यो खालको होइन नी। पार्टीभित्र बोल्ने ठाँउ कहाँ छ त? केन्द्रिय कमिटिको बैठक केही निश्चत नेताहरुको घण्टौ मनपरी बोल्ने ठाँउको रुपमा प्रयोग भएको छ। यसमा परिवर्तन गर्न जरुरी छ।’

उनका अनुसार अहिले निर्णय गर्ने र नेतृत्व निर्धारण गर्ने अधिकार सिमित मान्छेमा मात्रै केन्द्रित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank