ईश्वर पोखरेलले बुझाएको अवधारणा पत्रमा के छ ? (पूर्णपाठ)

दलित अनलाइन मंसिर २२, २०८२

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन्।

सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाएका हुन्। पार्टी कार्यालयमा पोखरेलले महासचिव शंकर पोखरेललाई अवधारणापत्र हस्तान्तरण गरे।

अवधारणापत्रमा पार्टी र समसामयिक विषयमा समेटिएको छ। ‘गत भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछिको परिवेशमा हामी पार्टीको महाधिवेशनमा उपस्थित भएका छौं। यसबीचमा हामीमाथि सोधिएका प्रश्नहरू, गरिएका खबरदारीहरू, लगाइएका आरोपहरू, थोपरिएका लाञ्छनाहरू र हामीप्रति व्यक्त आशाबारेमा हामी जानकार छौं,’ अवधारणापत्रमा भनिएको छ।

Shivam Cement

पार्टीका पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्कने वातावरण बनाइनुपर्नेमा अवधारणापत्रमा जोड दिइएको छ।

‘पार्टीको रक्षामार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु हामी सबैको साझा दायित्व हो,’ पोखरेलले भनेका छन्, “यो ऐतिहासिक जिम्मेवारीलाई सबैले मनन गरौँ । आन्तरिक लोकतन्त्र समृद्ध बनाएर मात्र नेकपा एमालेलाई एउटा सशक्त राष्ट्रिय शक्तिको रूपमा विकास गर्न र हामीले लोकतान्त्रिक समाजको निर्माण तथा नेतृत्व गर्न सक्नेछौं।’

पोखरेलले तयार पारेको उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank