प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै कांग्रेस पनि सर्वोच्चमा

दलित अनलाइन मंसिर २१, २०८२

काठमाडौँ — प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा पुगेका छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहितले आइतबार सर्वोच्चमा रिट पेश गरेका हुन्।

रिट पेश भए पनि समयाभावका कारण दर्ता हुन भने बाँकी नै छ। निवर्तमान प्रतिनिधि सभा सांसदहरूको हस्ताक्षर वारेसमार्फत् पठाएर पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत रिट पेश भएको छ।

प्रमुख सचेतक घिमिरे, सचेतक थिङसहित विघटित प्रतिनिधि सभाका ८ जना सांसदले रिट पेस गरेका छन् । रिट पेस भई अध्ययनको क्रममै रहेको सर्वोच्चले जनाएको छ । एमालेले पनि प्रतिनिधि सभा पुनस्र्थापनाको माग राख्दै यसअघि सर्वोच्चमा रिट दर्ता गरिसकेको छ।

प्रतिनिधि सभा विघटन र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन अवैध रहेको प्रश्न उठाउँदै कांग्रेस पनि रिट निवेदन लिएर सर्वोच्च पुगेको हो । पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाउन नमिल्ने दाबी रिटमा छ।

Shivam Cement

पूर्वप्रधानन्यायाधीश कार्की गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। त्यही दिन उनको सिफारिसमा प्रतिनिधि सभा विघटन भई आगामी फागुन २१ गतेका लागि आमचुनाव घोषणा भएको छ।

कांग्रेसका प्रमुख सचेतक र सचेतकसहितले रिट दिए पनि नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभा पुनस्र्थापना माग गर्दै सर्वोच्चमा रिट पेस गर्ने भनेर पार्टीले आधिकारिक रूपमा निर्णय नगरेको प्रतिक्रिया संचारमाध्यमलाई दिएका छन्।  डा.महतले पार्टी केन्द्रीय समितिले आम निर्वाचनमा भाग लिने निर्णय गरेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank